१६ वैशाख २०८२, काठमाडौं
विसं २०८१ सालको “योगमाया राष्ट्रिय पुरस्कार” अमेरिकालाई कर्मभूमि बनाएकी लेखिका नीलम कार्की निहारिकालाई प्रदान गर्ने माननीय मन्त्री स्तरबाट निर्णय ७ वैशाख २०८२ का दिनको बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ ।
यो पुरस्कारमा नगद एक लाख रुपैयाँ रहेको समेत जनाइएको छ ।
स्मरणीय छ उपन्यासकार निलम कार्की निहारिकाले “योगमाया” को जीवनमा आधारित उपन्यास लेखेकी थिईन् र सो उपन्यासले विसं २०७४ सालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो ।
०००
