मासिक कथा वाचन कार्यक्रमको अठारौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२९ चैत २०८१, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशक दशकका कथा वाचन कार्यक्रमको अठारौं शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमको आरम्भमा यसै महिना दिवङ्गत भएका कथाकार राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय) प्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
हरेक महिना कुनै दिवङ्गत स्रष्टाको एउटा कथा वाचन गरेर सम्मान प्रकट गर्दै कार्यक्रम सुरु गर्ने प्रचलन अनुसार यस पटक दिवङ्गत स्रष्टा युद्ध प्रसाद मिश्रको कथा ‘पुनर्मिलन’ वाचन गरिएको थियो । उक्त कथा उपन्यासकार शुकदेव उपाध्यायले वाचन गरेका ।
कार्यक्रममा २०२० को दशकका कथा अन्तर्गत कथाकार नरेन्द्रराज पौडेलले ‘घैयाको बाला’,२०४० को दशकमा प्रकाशित सिर्जना अन्तर्गत कथाकार राशि पाण्डे ‘दिल्लीकट लाहुरे’तथा कथाकार मधुवन पौडेलले ‘झझल्को’,२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार सुलोचना मानन्धर धितालले ‘एक जोर आँखा’तथा अमरकुमार प्रधानले ‘गोधूलि’कथा वाचन गरेका थिए ।
यस अभियानका परिकल्पना कार चन्द्र प्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै अभियानको उद्देश्य बारेमा छोटकरीमा प्रकाश पारेका थिए । अभियानका अर्का परिकल्पना कार पुष्कर लोहनीले नेपाली कथा साहित्यको इतिहास त्यति लामो नभएको विचार व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा यस अभियानका परिकल्पना कार पुष्कर लोहनीको ८७औं जन्मदिवसको शुभकामना प्रकट गरिएको थियो ।

०००

Leave a Reply