श्रष्टाको दशैं ; ८,  गोपी सापकोटा

अन्तरवार्ता

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार गोपी सापकोटाको जवाफ)

यस बर्षको दशैं कसरी मनाउनु भयो ?

परदेशको दशैं सामान्य रह्यो । साथीभाईसंग भेटघाट गरियो । टीका लगाइयो । भाई बैनीहरुले आआफ्नै कारणले यो बर्ष दशैं मनाएनन् । पोहोर सालको दशैंलाई धेरै सम्झिएँ, किनभने पोहोर सालको दशैंमा नेपालमा थिएँ ।

दशैंको बेला कुनै किताव पढ्नु भो ?

नेपालमा जस्तो दशैं भनेर बेलायतमा बिदा नहुने भएकाले किताव पढ्ने छुट्टै र धेरै समय मिलेन । तर पनि नियमीत पठनलाई भने जारी राखें । नियमीत पठनमा यो बेला डा. खेम अर्यालको अंग्रेजी कथासंग्रह The In-Betweeners का कथाहरु पढें ।

दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?

यसपटक खासै केही लेख्न सकिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *