साथी

कविता

राधा काफ्ले, क्यानाडा

हराएको धेरै भयो
आएनौ त किन?
मान्दैन मन अझै पनि
चट्टै बिर्सि जान

लुकेउ छाडि एक्लै कतै
बाटो बिरायौ कि
आवाज मेरो सुनेनौ कि
बिरामी पो छौ कि

खोजें सारा वन पाखा
झरना, कुना, काप्चा,
नबोलेनि खबर पठाउ
कोई छैन यता

आखिर कारण थियो केनै
रिसाउने यति धेरै
आफ्नो पखेरुको बास
उडाएर जितेउ केनै?

टाढा भयौ टाढा गयौ
केको लागि आज
भरजीवन साथ दिने
हार्यौ किन बाचा ।

000
कवि परिचयः बिचगाँउ निचुला सर्भाडं जिल्ला भुटानमा जन्मेकी राधा काफ्ले अहिले क्यानाडाको टोरोन्टोमा बस्छिन् । सन्२०२१ देखि उनका फूटकर कविताहरु प्रकाशित भएका छन् ।

Leave a Reply