२८ चैत २०८२, काठमाडौं
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको त्रैमासिक रचना वाचन तथा सम्मानको ५७ औँ शृङ्खला भएको कार्यक्रममा साहित्यकार माधव वियोगीलाई नगद राशि रू १०,०००/- सहितको सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले समर्पण गरे ।
कार्यक्रममा नियात्राकार रामप्रसाद पन्तले आफ्नो स्वागत मन्तव्य प्रकट गर्दै सम्मानित व्यक्तित्व माधव वियोगीको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रा.डा.भागवत ढकाल,प्रा.डा.गोविन्दमानसिंह कार्की,श्री ओम श्रेष्ठ’रोदन’,डा.बमबहादुर थापा’जिताली’ तथा मदनराज थापाले सम्मानित व्यक्तित्व माधव वियोगीका कृतिका बारेमा बोल्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्व माधव वियोगीले आफ्नो मन्तव्य राख्दै विभिन्न साहित्यिक व्यक्तित्वहरूको प्रेरणाबाट आफू साहित्यमा लागेको र आज यशस्वी साहित्यकार लीला ध्वज थापा साहित्य पुरस्कारबाट सम्मानित हुन पाएकोमा आभार प्रकट गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रहेका प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले माधव वियोगी जस्ता विद्वान साहित्यकारलाई सम्मान गर्न पाएकोमा गर्वको महसुस गर्दै प्रतिष्ठान स्वयम् सम्मानित भएको बताए।यो सम्मान ८४ औँ भएको बताए।
कार्यक्रममा केही स्रष्टाहरूले रचना वाचन पनि गरेका थिए। त्यसरी रचना वाचन गर्नेहरूमा सुभाषचन्द्र पौडेल’भीमफेदीया’,गङ्गा खड्का,मानन्धर अभागी,ध्रुवराज थापा’पुरुष’,कुमार नेपाल,
प्रार्थना खनाल,कृष्णप्रसाद पौडेल’जस्ताघरे’,वीरबहादुर लोहनी,टेकबहादुर लौडारी,नीरा श्रेष्ठ,अरूण खड्का,रामचन्द्र न्यौपाने’बनवासी’,प्रमोद भण्डारी,सुन्दर खड्का,पुष्पा धमला
‘स्वप्निल’,बद्री उप्रेती,नम्रता उप्रेती,खेमराज शर्मा,रणबहादुर बुढाथोकी,तारा सुवेदी,अमर कीर्तिमानी,जिकेएन खडेरी, द्वारिका कुइँकेल,मदनराज थापा,गोविन्दमानसिंह कार्की,डा.
बमबहादुर थापा,विजयध्वज थापा र उत्तम विचार रहेका थिए।
सो कार्यक्रमको सञ्चालन उत्तम विचारले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
