रेखा-पवन स्रष्टा सम्मान तथा रमेश-गंगा स्रष्टा सम्मानको घोषणा

मुख्य समाचार

१४ फागुन२०८२, काठमाडौं

नेपाल स्रष्टा समाजले एक लाख १११ नगद राशिसहितको “रेखा- पवन स्रष्टा सम्मान” अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार द्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै २१ हजार १११ नगद राशिसहितको “रमेशगंगा स्रष्टा सम्मान” द्वारा साहित्यकार डा. देवी नेपाललाई अर्पण गर्ने निर्णय भएको छ ।
नेपाल स्रष्टा समाजका केन्द्रीय समितिका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा वसेको बैठकले सो निर्णय गरेको हो ।
यी दुई पुरस्कार मध्ये “रेखा- पवन स्रष्टा सम्मान” आगामी फागुन २४ गते र “रमेशगंगा स्रष्टा सम्मान” फागुन २६ गते समर्पण गरिने भएको छ ।