सर्जक भेटघाट तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

समाचार

२२ असार २०८२, काठमाडौं ।

टुक्का साहित्य समाजको आयोजनामा सर्जक भेटघाट तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक क्षेत्रको समृद्धिका लागि सक्रिय संस्थाको रुपमा रहेको टुक्का साहित्य समाजले विभिन्न विधामा र टुक्का कविता विधामा कलम चलाउने सर्जकहरुलाई एकै थलोमा जुटाएर साहित्यिक संवाद र सृजनाको आदानप्रदान गराएको हो ।
सो अवसरमा श्रष्टा तथा टुक्का रचनाकार अमृता रसाईली रामदामद्वारा लिखित पुस्तक “काव्य कलश” (टुक्का कविता संग्रह) को विमोचन समेत गरियो । पुस्तकको समीक्षा गर्दै साहित्यकार रामशरण न्यौपाने, प्रमुख अतिथि डा. धनप्रसाद सुवेदी, विशेष अतिथिहरु राधेश्याम लेकाली, कलानिधि दाहाल, सुनिल अधिकारी, चेतनाथ धमला, अरुण खत्री ‘नदी’ , जनार्दन अधिकारी ‘धड्कन’लगायतका वक्ताहरुले श्रृजनात्मकताको गहिरो छाप रहेको र नेपाली साहित्यमा पुस्तकले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
काव्य कलश टुक्का कविता संग्रहका लेखक अमृता रसाईली रामदामले “घरमा साहित्य श्रृजना गर्ने वातावरण नहुँदा पनि लुकीलुकी छन्दमा टुक्काहरु लेखेर प्रकाशन गर्न पाउँदा धेरै खुशी लागेको ” भावुक मन्तव्य पनि व्यक्त गरेकी थिईन् ।
कार्यक्रममा टुक्का प्रस्तुत गर्ने टुक्का रचनाकारहरुमा ललिता दोषी, होम प्रसाद न्यौपाने, सुशील रिजाल, पूर्ण बहादुर श्रेष्ठ, कृष्ण बहादुर वैद्य, हरि गोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासिनी, पवन कुमार बुढाथोकी, सुरेश चन्द, वासुदेव ठकुरी, राजेशराज गड्तौला, रचना मोक्तान यात्री, प्रमोद नेपाल, ईन्दु श्रेष्ठ, तिलक गाउँले, संगी काली, शोभा गौतम, राम प्रसाद पुरी, दिपा गुरुङ ‘सम्भाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, कृष्ण घिमिरे लगायत थिए ।
नेपाली नविनतम विधा टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंको सभापतित्व र सर्जक राम प्रसाद पूरीको सन्चालनमा भएको सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव तथा प्रमुख अतिथि डा. धन प्रसाद सुवेदीले पानसमा दीप प्रज्ज्वलन गरेर आरम्भ भएको थियो ।