“सोपान” संयुक्त कविता संकलन विमोचित

११असार २०८०, काठमाडौं   साच कविहरू रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधवबिडारीका सात सात कविताको संयुक्त संकलन “सोपान” पुस्तक काठमाडौंमा विमोचन भएको छ ! सो पुस्तकमा अतिथि कविका रुपमा  दिनेश अधिकारी, प्रकाश घायल, प्रज्वल अधिकारीका कविताहरू समेत समावेश गरिएका छन्। वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि रहेका सो कार्यक्रममा श्री ओम श्रेष्ठ” रोदन, तिलक लुइँटेल र  कृष्णप्रसादभण्डारी मार्सेली विशिष्ट अतिथि रहेका थिए । सो अवसरमा कार्यक्रमको औचित्य र पुस्तकको महत्वपूर्ण तथ्यको विषयमा  कृतिका सम्पादक तथा आयोजक संस्थाका उपाध्यक्षमाधव बिडारीले प्रष्ट पारेका थिए । साथै मौनता थापा, तारा के.सी , शुशिला शर्मा , गणेश लोहनी लगायतले आफ्ना रचना वाचन समेतगरेका थिए । उक्त कार्यक्रममा चितवन निवासी उपन्यासकार चिरञ्जीवी दाहाललाई नगद सहित सम्मान समेत गरिएको थियो ।  

Continue Reading

किशोर पहाडीलाई ५ प्रश्न

( विसं २०४५ मा साझा प्रकाशनबाट प्रकाशित कृतिमध्ये सर्वोत्तम कृतिका रुपमा पुरस्कृत “विशु दाई” कथा सङ्ग्रहका श्रष्टा काठमाडौंको साहित्यिक गतिविधिमा सकृय छन् । उनी “शब्दपथ” मार्फत नेपाली साहित्यिक गतिबिधिलाई अद्यावधिक गरिरहेका हुन्छन् । विसं २०८० को जेठ महिनामा उनको साहित्यिक गतिविधिका विषयमा ५ प्रश्न र तिनका उत्तर प्रस्तुत छ ।) १, गत महिना अर्थात् २०८० […]

Continue Reading

उज्यालोको खोजीमा सारङ्गी

प्रभा पोखरेल   बग्रेल्ती छन् होनहार सारङ्गीहरू शहरका चोकचोकतिर उज्यालोको खोजीमा जुनकिरीको धिपधिपे हेरेर पर्खिरहेका थाहा छैन घामको झलमल्ल उज्यालो कस्तो हुन्छ दिनमा र जूनको शीतल आभा कस्तो हुन्छ रातमा ?   खुसी छैन धरहरा अग्लो भएर न खुसी छ नयाँ सडक झिलिमिली बत्ती बलेर आफ्नै मझेरीमा कलम समाउने सुकोमल हातले जुठोपुरो सित्ता र रोटीका […]

Continue Reading

टेक्सासमा “जस्टिसः अ टेल अफ नेपाली सिभिल वार” बिमोचित

२५ जून, २०२३ राम खत्री लिखित  “जस्टिसः अ टेल अफ नेपाली सिभिल वार” ग्राफिक उपन्यास टे्सासको डालासमा अनेसास टेक्सास च्याप्टरको आयोजनामा विमोचन सम्पन्न भयो । विमोचनपछि सो कृतिमाथि भीम कार्की, विनोद रिजाल तथा अँग्रेजीका प्रोफेसर ब्रेट वरवनले आआफ्नो धारणा राखे । लेखक राम खत्रीले पनि आफ्ना कुरा राखे । क्राउड फण्डिङको माध्यमबाट प्रकाशित सो पुस्तकको […]

Continue Reading

कृष्ण धरावासीलाई ५ प्रश्न

( पौराणिक पात्र राधामा आधारिक “राधा” उपन्यासका लागि विसं २०६२ सालको मदन पुरस्कार प्राप्त साहित्यकार कृष्ण धरावासी अहिले अमेरिका बसाइमा छन् । लेखन र सामाजिक सञ्जालमा सकृय उनको नयाँ कृति निबन्ध सङ्ग्रह “अक्षरको आकाश” प्रकाशनको क्रममा छ । विसं २०८० को जेठ महिनामा उनको साहित्यिक गतिविधिका विषयमा ५ प्रश्न र तिनका उत्तर प्रस्तुत छ ।) […]

Continue Reading

शटडाउन सिलिकन भ्याली

-डा. दामोदर पुडासैनी किशोर   मन्दिर, मस्जिद, गुम्बा र गीर्जाघर बाहिर उदास अनुहारमा मान्छेहरू टोलाइरहेछन्   बाटो छोट्याउँन खोजिरहेछन्  बटुवाहरू बन्द हुने तर्खरमा छन् बिद्यालयहरू जीवन र रसायनको अभावमा बग्रन सकेकोछैन कारखाना दाल , भात र डुकु अब सपना हुन लागेको छ श्रमिकहरू कारख़ाना र खेतमा जान सकेका छैनन् कर्मचारीहरू कार्यालयहरूमा भेटिँदैनन् काम र वेतन […]

Continue Reading

स्रष्टाहरुद्वारा धान रोपाई

१० असार, २०८०, काठमाडौं । सखी प्रतिष्ठानले प्रत्येक बर्ष स्रष्टाहरुको लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष पनि सम्पन्न गरेको छ । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका […]

Continue Reading

जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारको घोषणा

१० असार, २०८० असार धनगढीस्थित कैलाली जनपुस्तकालयद्वारा संचालित जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार पोखरेली स्रष्टा एवम् छन्द बचाऊँ अभियान-२०५३ का संचालक छन्दनायक माधव वियोगीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कार असार २९ गते भानु जयन्तीका दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ । कैलाली जनपुस्तकालयका अध्यक्ष एवम् सुदूर पश्चिम प्रज्ञा […]

Continue Reading

राजेन्द्र के.सी.को “मौन आकाश” लोकार्पित

२०८० असार ८, काठमाडौं। कवि राजेन्द्र के.सी.को नवप्रकाशित कविता सङ्ग्रह “मौन आकाश”को लोकार्पण काठमाडौंमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा समालोचकद्वय प्रा. डा. गोविन्दमान सिहं कार्की र डा. शान्तिमाया गिरीले लोकार्पित कृतिमाथि आआफ्नो समीक्षात्मक मन्तव्य राखका थिए । कार्यक्रममा कविहरु मणि लोहनी, मधु पाठक, सुष्मा अंशु, राधिका गुरागाईंले […]

Continue Reading

प्रतिभा पुरस्कारको घोषणा

९ असार २०८०, काठमाडौं २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७९ सालका विभिन्न विषय र विधामा ६ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले जनाए अनुसार ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई, ५० हजार राशिको ज्वालाप्रसाद प्रतिभा पुरस्कार कवि तथा नाट्यकर्मी अशेष मल्ललाई, ५० हजार राशिको दीनवन्धु गोयल प्रतिभा […]

Continue Reading