“पवन आलोक नियात्रा पुरस्कार”लाई कृति आव्हान

१५ असोज २०८१, काठमाडौं ‘पवन आलोक नियात्रा पुरस्कार’ छनौट समितिले एक सूचना जारी गर्दै पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालका बीचमा भएको सम्झौताबमोजिम चौथो संस्करणको अर्थात् २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ हेतु २०८० सालमा प्रकाशित नियात्रा विधाका कृतिहरू दर्ताका लागि सादर अनुरोध गरेको छ । छनौट समितिको निर्णयानुसार उत्कृष्ट ठहरिएको कुनै […]

Continue Reading

गीतकार विश्ववल्लभलाई मस्तिष्क घात

१५ असोज २०८१, काठमाडौं अग्रज गीतकार विश्ववल्लभ २ दिन अघि मस्तिष्क घात अस्पतालमा उपचार रत रहेका छन् । यसै बीच अग्रज गीतकारहरू किरण खरेल, राजेन्द्र थापा, एस्पी कोइराला, गीतकार संघका अध्यक्ष वसन्त बहादुर थापा, उपाध्यक्ष रमेश कोइराला, पूर्व उपाध्यक्ष भरत बोम्जनले अस्पतालमा गई भेटेर उनको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् र उनको शिघ्र स्वास्थ्यलाभको कामना […]

Continue Reading

अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति

१७ सेप्टेम्बर २०२४, सियोल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको दक्षिण कोरिया च्याप्टरको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ र लोकराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति बनेको छ । प्राप्त समाचार अनुसार वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, दुई उपाध्यक्ष सरोज भण्डारी र धीरेन्द्र स्पन्दन, महासचिव राजेश, सचिव विजयता भण्डारी, कोषाध्यक्ष राजेन्द्र बहादुर बिष्ट तथा सदस्यहरूमा […]

Continue Reading

छहरा साहित्य समाजको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

२९ भाद्र २०८१, काठमाडौं छहरा साहित्य समाज, धापासी, काठमाडौंको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको कार्य प्रगतिको समीक्षा तथा आगामी आर्थिक वर्षको निम्ति विविध कार्यक्रमहरू तय गरेको छ । संस्थाका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कार्यकारी समितिका सदस्य तिलक शर्मा पौडेलले स्वागत मन्तव्य दिएका थिए । सचिव […]

Continue Reading

योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न

२८ भदौ २०८१, काठमाडौं साहित्यकार योगेन्द्र तिमिल्सिनाका दुई कृति कथासङ्ग्रह ‘आश्मा र अरु कथाहरु’ तथा कवितासङ्ग्रह ‘अनन्त आकाशका गीतहरु’ को लोकापर्ण तथा विमर्श कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । डा. तुलसी भट्टराईको प्रमुख आतिथ्य तथा प्रा. डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा डा. कुमार कोइराला, डा. तुलसी गौतम, प्रा. ध्रुव भट्टराई, डा. तुलसी गौतम […]

Continue Reading

नवौं भाषा दिवसमा विभिन्न पत्रपत्रिकाहरू पुरस्कृत

२३ भदौ २०८१, काठमाडौं भाषा आयोगले नवौं भाषा दिवसको अवसरमा मातृभाषामा प्रकाशित हुँदै आएका विभिन्न पत्रपत्रिकाहरूलाई एक कार्यक्रम बीच आज सम्मान गरेको छ । यसरी सम्मानित हुने पत्र-पत्रिकाहरूमा रचना द्वैमासिक (नेपाली), सितिमि (चाम्लिङ राई), लिब्जु-भुब्जु (वाम्बुले), लावा डगर (थारु), तान्छोप्पा मासिक (लिम्बू), बुङ्वाफा (बान्तावा राई), गुगुल्डि (डोट्याली), बज्जिकाञ्चल दैनिक (बज्जिका), भोजपुरी टाइम्स (भोजपुरी) तामाङ डाजाङ […]

Continue Reading

पुडासैनीको “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” प्रकाशित

१४ भदौ २०८१, काठमाडौं कवि तथा साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’को कविता सङ्ग्रह— “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” प्रकाशित भएको छ । कवि पुडासैनीले सन् २०२३ मा अमेरिका भ्रमणका क्रममा लेखिएका र कतिपय फूटकर रुपमा प्रकाशित भएका ५३ कविताहरूको सङ्ग्रह हो यो । कवि पुडासैनीको यो १९औं कृति हो । यस पुस्तकमा पश्चिमबङ्गाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्ण […]

Continue Reading

“करोडौं सूर्यहरूको अन्धकार” को दोश्रो संस्करण प्रकाशन हुँदै

११ भदौ २०८१, काठमाडौं कवि तथा साहित्यकार अविनाश श्रेष्ठको यर्यावरणीय कविताहरुको सङ्ग्रह “करोडौं सूर्यहरूको अन्धकार” को दोश्रो संस्करण प्रकाशन हुन लागेको छ । विसं २०६० सालमा कालचक्र नेपालको दर्जन बढी कविता कृतिहरु एकसाथ प्रकाशित एवम् विमोचित हुँदा समाविष्ट यो कविता सङ्ग्रह परिवर्द्धित संस्करणको रुपमा पाठक समक्ष आउन लागेको हो । कवि अविनाशले विश्वपरिक्रमासँग फोन सम्वादमा […]

Continue Reading

प्रतीक ढकाललाई नेपाल साहित्य सम्मान प्रदान गरिने

१० भाद्र २०८१, काठमाडौं साङ्गीतिक मञ्च नेपालले नेपाली साहित्यको कुनै विधामा लामो समयदेखि निरन्तर कलम चलाई योगदान गर्ने स्रष्टालाई कार्यक्रम अन्तर्गत नेपाली साहित्यको नियात्रा र विशेष गरी हिमाली क्षेत्र लक्षित लेखनका माध्यमले नेपाली साहित्य त हिमालको परिचयलाई देश देशान्तर फैलाउन पु-याएको योगदानको कदर गर्दै “नेपाल साहित्य सम्मान-२०८१” साहित्यकार प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ […]

Continue Reading

चिसापका दुई पुरस्कारहरुको घोषणा

८ भदौ २०८१, चितवन चितवन साहित्य प्रतिष्ठानले प्रदान गर्ने “चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार” तथा “चिसाप माधव खनाल साहित्य पुरस्कार” को घोषणा भएको छ । चितवन साहित्य परिषद्को ८ भदौमा बसेको बैठकले गरेको निर्णय अनुसार चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार -२०८० यज्ञराज उपाध्यायको “काली – कर्णालीको लोकसाहित्य र संस्कृति” तथा चिसाप माधव खनाल साहित्य पुरस्कार […]

Continue Reading