बन्धक

डा.रेखा यादव “निर्झर”   कहिले सारीमा अल्झिएँ कहिले चुराको छनछनमा हराएँ सिंदूरको नाममा आफैलाई बिर्सिएँ। कहिले माइती त कहिले ससुराली कुन घर हो मेरो  ? सुन्दरताको बर्णनले मलाई कुरूप बनायो । हुँ म को ? मेरो पहिचान के ? जन्म घर माइती बने कर्म घर ससुराली । जन्मदै पराइ सम्पत्ति भएँ को हुँ म ? […]

Continue Reading

प्रिय छोरी !

तारा के.सी   प्रिय छोरी ! तिमी विश्व मानचित्र पल्टाएर आफू अनुकूलको देश खोजिरहेछ्यौ म आफ्नै घरबाट हराएको, मेरो नाम खोजिरहेकी छु ।     तिमी महासागरको कुरा गर्छ्यौ आइफल टावर फन्को मार्छु भन्छ्यौ म यति बेला मेरै चोकसित बिरानो छु हराएको मेरो परिचय खोजिरहेछु ।   मलाई, बाग्मतीको सफा पानीमा मेरो देशको प्रतिबिम्व हेर्न […]

Continue Reading

मेरो शहर

नगिता लेप्चा राई   जब रातको अन्धकारले मेरो शहरलाई अङ्कमाल गर्छ आफ्नो बाहुपाशमा कस्छ शरीरभरि रङ्गीचङ्गी आँखा खोलेर बड़ेबड़े होटल रेष्टुराँहरूमा बार र क्लबहरूमा डिस्को डान्सहरूमा इत्रिँदै… बियर र ह्वीस्कीमा पौड़ी खेली रन्थनिन्छ मेरो शहर ।   बहुरङ्गी मस्त यो शहरमा सभ्यता बोकेकाहरू सभ्यता म्युनिसिप्यालिटीको डस्ट बिनमा फ्याँकी आबरु नङ्ग्याउँछ ह्विस्की र बियरको चुस्कीसँगै जीउको […]

Continue Reading

टेक्ससको वालमार्टमा

-डा. दामोदर पुडासैनी किशोर   रातोदिन कामको बोझले थकित मेरो छोरासँगै म पनि वालमार्ट छिरेको छु   छोरा वालमार्ट पसेको छ केही उदास भोकहरूलाई चारा बटुल्न केही मागका सूचीहरूलाई पन्जिकृत गर्न समयका प्वाँखहरूमा इन्द्रेनी सँगीत बजाउँन   पसिनाका हरेक मूल्यहरूलाई हँसिलो अनुहारमा स्वागत गरेर चुम्बकलेझै तानिदिन्छ वालमार्टले र, तुरून्तै कुदाइदिन्छ डलरका हरिया खोस्टाहरू बटुल्न मानौँ […]

Continue Reading

कति सहनु कुचेष्टा

कणाद महर्षि   सदाचार इमानदारी नैतिकता आदि असल र आवश्यक सत्य कुराहरू त्यागेर   ती सबैका ठिक उल्टा, अयथार्थहरू सल्बलाउँदै,चल्मलाउँदै नाचिरहेका छन् घमण्डले मात्तिएर हाँसीहाँसी बाँचिरहेका छन्   यी दूषित कुचेष्टा ! सहनशील भएर सधैं कसरी व्यहोर्नु यथावत् निर्घिनी,कलुषित परिवेशमा —छि: छि: वाहियात !!   अब ज्वालामुखी फुटेर ताता लाभाहरू हुँदै पग्लेर दिनुपर्‍यो भयङ्कर आघात […]

Continue Reading

पन्ध्र असार

क्षेत्रप्रताप अधिकारी   आज पन्ध्र असार- हिलो खानु पर्थ्यो दहीच्यूरा खानु पर्थ्यो तिमी मेलामा आइनौ असारे गाएर अलिकति म्वाइँ खानु पर्थ्यो सहकाल होला नहोला अब समय खिइदै गएको छ तिमीलाई देख्दा देख्दा सपना पनि बूढो भएकोछ । चौबन्दीको काखी सुँघेर रातहरू काटेको छु अनिदा दिनहरू उँघेर जीर्ण जर्सी फाटेको छु मरी जाने दुई दिने चोला फेरि भेट होला कि नहोला ! मनको छाँगाबाट खसेको माया दुखेको छु म वनको हाँगाबाट झरेको छायाँ सुकेको छु म तिम्रो खोरियामा रोपेको भन्टाको स्वाद सर्केर खोकिरहेछु म टर्रो हर्रो टोकिरहेछु म – अब त घरबारेको घाँटी खसखसाउन पनि छोडेछ क्यारे पैले मैले बिराएको खोल्सो खहरेले पो गोडेछ क्यारे सकिनसकी काटेको कुलो कसैले कतै मोडेछ क्यारे अनदीको चाम्रे चपाउने रहर सारो सिरौंला पल्टेर दाँतमा ढुङ्गो लागिरहेछ फुलेको बैंस बिर्सेर मोरो तन्नेरी मन जिन्दगी कोक्याउँदै भागिरहेछ । छोटकरीमा यसो भनौं: तिमी बिरौटोमा लहलह बासमती म समयले बगाएको गाम तिमी ज्योतिर्गामी उषा म डुब्न लागेको घाम । कवि परिचयः क्षेत्रप्रताप अधिकारी ( विसं १९९९- २०७०) गामवेसीका कवि” हुन् । […]

Continue Reading

गजल

आचार्य प्रभा सहँदै हजार पीडा पनि, आँसु पिएर बाँच्दैछु म बजारिएथ्यो परेड छातिमाथी,सहेर बाँच्दैछु म । गरेकै हूँ गल्ति मैले, छलूँ कसरी चोखो छु भनी ? डुब्दै पश्चातापमा आफ्नै, दिल थामेर बाँच्दैछु म । निस्सासिएँ चोटमा, अचानो झैं छिया छिया भई निको पार्न आलो घाउ, मल्हम बनेर बाँच्दैछु म । जिउनु छ यहाँ छ्ट्पटिईं, जिउँदो […]

Continue Reading

उज्यालोको खोजीमा सारङ्गी

प्रभा पोखरेल   बग्रेल्ती छन् होनहार सारङ्गीहरू शहरका चोकचोकतिर उज्यालोको खोजीमा जुनकिरीको धिपधिपे हेरेर पर्खिरहेका थाहा छैन घामको झलमल्ल उज्यालो कस्तो हुन्छ दिनमा र जूनको शीतल आभा कस्तो हुन्छ रातमा ?   खुसी छैन धरहरा अग्लो भएर न खुसी छ नयाँ सडक झिलिमिली बत्ती बलेर आफ्नै मझेरीमा कलम समाउने सुकोमल हातले जुठोपुरो सित्ता र रोटीका […]

Continue Reading

शटडाउन सिलिकन भ्याली

-डा. दामोदर पुडासैनी किशोर   मन्दिर, मस्जिद, गुम्बा र गीर्जाघर बाहिर उदास अनुहारमा मान्छेहरू टोलाइरहेछन्   बाटो छोट्याउँन खोजिरहेछन्  बटुवाहरू बन्द हुने तर्खरमा छन् बिद्यालयहरू जीवन र रसायनको अभावमा बग्रन सकेकोछैन कारखाना दाल , भात र डुकु अब सपना हुन लागेको छ श्रमिकहरू कारख़ाना र खेतमा जान सकेका छैनन् कर्मचारीहरू कार्यालयहरूमा भेटिँदैनन् काम र वेतन […]

Continue Reading

अहिलेको कविता

आर. आर. चौलागाईं   अहिलेको कविता मैले लेख्दै आएको पहिलाको जस्तो छैन ।   अहिलेको कवितामा देश लेख्नु हुँदैन अहिलेको कवितामा जनता लेख्नु हुँदैन अहिलेको कवितामा क्रान्ति लेख्नु हुँदैन अहिलेको कवितामा परिवर्तन लेख्नु हुँदैन अहिलेको कवितामा समृद्घि लेख्नु हुँदैन नारा हुन्छ ।   अहिलेको कवितामा ककाकिकीकुकू लेख्नुपर्छ अहिलेको कवितामा खखाखिखीखुखू लेख्नुपर्छ अहिलेको कवितामा गगागिगीगुगू लेख्नुपर्छ […]

Continue Reading