बेहाल (लघुकथा)

  नवराज न्यौपाने ‘मौन’   शहीदगेटमा मातातीर्थ जाने बस कुरेर बस्दा अकस्मात् पुरानो साथी सुवर्णसित जम्काभेट भयो । ऊ पनि थानकोट जाने गाडी कुरेर बसेको रहेछ । ‘ओहो ! ३५ वर्षपछि बल्ल भेट भइयो ! के छ हालखबर ?’ मैले हात मिलाउदै सोधें । ‘के हुनु नि यार ! मेरो त बेहाल छ ।’ उदाश […]

Continue Reading

नासो (लघुकथा)

ध्रुव मधिकर्मी हरक्युलसले हार्दिकतापूर्वक पृथ्वी बोकिरहेको थियो । पृथ्वी अत्यन्त सुन्दर, शान्त, भब्य र हरियालीले युक्त थियो । जङ्गलको पर्यावरण, समुद्रको विशालता, खोलाहरुको कलकल स्वर, पशुपन्छिहरुको मधुर ध्वनि, छाँगो र छहराहरुको सुन्दरता तथा हराभरा डाँडापाखा पहाडपर्वतको मोहकता आह्लादकारी देखिन्थ्यो । हेर्नेहरु प्रत्येक दृश्यमा झुम्मिन्थे । घुम्दाघुम्दै त्यहाँ आइपुगेका मान्छेहरुको एउटा समूहले देख्यो – विशालकाय पुरुषले […]

Continue Reading

आँधी

दिव्य गिरी ‘के छ तेरो विचार ? कुरा त तेरै भलाइको निम्ति आएको रहेछ ।’ मैनाले गाँस्दै गरेको टपरीमा अन्तिम बिट लगाउँदै सोधिन् । ‘हो नि,अब आमाको निधनपछि अब एक्लै भइस् । आमा नभएको माइती उराठलाग्दो र निरस हुन्छ । सबैजना आफ्नो व्यवहारमा अल्झिन्छन् । तँ आफू मात्र एक्लै के गरेर बस्छेस् ? पहिलो घर […]

Continue Reading

सँजाय

लीलाराज दाहाल वनमा बसोबास गर्ने सबै प्रजातिका वन्य जन्तुहरुले सिंहको अध्यक्षतामा भव्य भेलाको आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, “हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ ।  […]

Continue Reading

बुहारीको मन

तारा केसी   बुढा बितेपछि घर भाडा र पेन्सनले जीवन धान्दै आएकी चरिमायालाई पाँच बर्ष पछि छोरा भेट्न आयो । उसले भन्यो, “आमा ! अब कति एक्लै बस्नुहुन्छ ? दु:ख बिराम पर्दा हेर्ने मान्छे कोहि छैन । यहाँको घर पुरै भाडामा लगाएर उतै बस्नेगरि जाऊँ । बुहारीले लिन पठाएकी । ” छोराको कुरा सुनेर चरिमाया […]

Continue Reading

वृद्धालय

अमर त्यागी   मेरो जन्मपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको रहेछ। त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो । त्यही अशिक्षाद्रोहको आरोप  लगाएर देशले नै मलाई पनि घरबाट निकालिदियो। घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा कठोर युद्धको प्रारम्भ गरेँ । यौवनकालसम्म लडिरहेँ  । […]

Continue Reading

कोशेली

रञ्जुश्री पराजुली रमोलाको बिहे पछिको पहिलो तिज । माइती गरएर साथीसङ्गीहरुसँग रमाउँदै, माइतीको मीठो दर खाँदै, नयाँ गहना पहिरन लगाएर पशुपती जान नपाए पनि घर नजिकैको शिव मन्दिर जाने भनेर मन पुलकित बनाइरहेकी थिइन् । कोरोना महामारीको कहर भए पनि घर भित्र नै बसेर रमाईलो गर्न सकिने सोचिरहेकी थिइन् । श्रीमानलाई पनि उनले आफ्नो माइतीको […]

Continue Reading

चौतारी

रामकुमार पण्डित क्षेत्री   हतारिंदै हिँडिरहेको युवकलाई देखेर कसैले सोध्यो: “कता हिँडेको ?” लम्कदालम्कदै भन्यो, “चौतारीमा ।” उसले आफ्नो गति अझै बढायो । अलिपर दोबाटो आयो । उसले मनमनै भन्यो, “जेष्ठ नागरिक हिँड्ने लामो बाटोभन्दा जति नै कठिन भएपनि छोटै बाटो जान्छु ।” छोटो बाटो कतै साँघुरो, कतै उकालो कतै ओरालो थियो । हिँड्दाहिँड्दै केहीमा […]

Continue Reading

समाजसेवी

लीलाराज दाहाल राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाइ सुनेर मानिसहरु झुम्मिएका थिए । उनका पति र सासु घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीहरुसँग गुहार मागेर उनी घरतिर लागिन् । अव उनको घरको आँगनमा छिमेकीहरु जम्मा भए । “तपाईंहरु कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना […]

Continue Reading

शटडाउन सिलिकन भ्याली

-डा. दामोदर पुडासैनी किशोर   मन्दिर, मस्जिद, गुम्बा र गीर्जाघर बाहिर उदास अनुहारमा मान्छेहरू टोलाइरहेछन्   बाटो छोट्याउँन खोजिरहेछन्  बटुवाहरू बन्द हुने तर्खरमा छन् बिद्यालयहरू जीवन र रसायनको अभावमा बग्रन सकेकोछैन कारखाना दाल , भात र डुकु अब सपना हुन लागेको छ श्रमिकहरू कारख़ाना र खेतमा जान सकेका छैनन् कर्मचारीहरू कार्यालयहरूमा भेटिँदैनन् काम र वेतन […]

Continue Reading