बायोतडी र बैतडी (संस्मरण)

शीतल गिरी अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्वपूर्ण स्थानको दृश्यावलोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियौं । पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका बस्तुहरूको बारेमा लेखिएन भने यथार्थ बदलिदैं […]

Continue Reading

लखेट्तै लखेट्तै समयले (निबन्ध)

नरेन्द्रराज पौडेल  मोफसलमा हराएको एउटा मध्यम वर्गीय अनाम नागरिकको रिटायर्ड जीवन ! कहिल्यै नदेखेको,भेउ नपाइँदो अँध्यारो उत्तरार्द्ध ! पहिले जीवन भुवा जस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिल बन्दै आएछ । चरी जस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु […]

Continue Reading

सिक्किममा सन्त ज्ञानदिल दास – केही मन्तव्य केही सुझाव

नवीन पौड्याल नेपाली समाजको मौलिक धार्मिक पन्थ हो जोसमनि पन्थ। यसका प्रवर्तक शशिधर उपाध्याय पौडेल थिए, जो नेपाली मूलका थिए। तिनको दोस्रो पीँढीका सन्त हुन ज्ञानदिल दास। शशिधरपछि जोसमनि मतलाई अझै बढाउने, प्रचार गर्ने, व्याख्या गर्ने, लोकप्रिय तुल्याउने एकजना प्रमुख सन्त ज्ञानदिल दास थिए। उनले आफ्नो सम्पूर्ण जीवन नै जोसमनि सम्प्रदायको प्रचार-प्रसार, सम्वर्द्धन र सुधारमा […]

Continue Reading

डुवर्सेली नेपाली साहित्यालोचना एक सर्को अध्ययन

नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यको विकासमा डुवर्सको योगदान उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक कृतिहरू प्रकाशित भइरहेका छन्। ती प्रकाशित केही कृतिहरूको समीक्षण र मूल्याङ्कन थोरै मात्रामा भए पनि भइरहेका छन्। डुवर्सका आफ्नै संसार छ, आफ्नै सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक, राजनैतिक, […]

Continue Reading

नामका कुरा (निबन्ध)

सीताराम उप्रेती कुनै बेला नागरिकतामा नाम बिग्रिएको कुराको चर्चा व्याप्त थियो । सुदूर पश्चिममा विशेषगरी दलित समुदायमा देखिएको यो समस्यालाई सञ्चार माध्यमहरूले बाहिर ल्याएपछि यसको चर्चा विशेष रूपले भएको थियो । त्यसको रोग पूर्वतिर सर्न थाल्यो झापा र मोरङका आदिवासी सतार जातिहरूमा । अनि गृह मन्त्रालयले यसलाई सच्याउनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक प्रक्रिया पुरागरी […]

Continue Reading

उपनामधारी लेखक सम्मेलन ! (व्यङ्ग्य)

नवीन पौड्याल प्रभो! मान्छेमा कीर्ति लिप्सा भन्ने कुरा पनि पनि लागु औषधीको जस्तै हुँदो रहेछ। नभई नहुने, नहुँदा तलतल लाग्ने। यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन्। कोही दश तले बिल्डिङ्बाट फाल हान्छन् त कोही आफ्नो टुप्पीले ट्रक तान्छन्। कोही दाह्रीमा मौरी पाल्छन् ता कोही ब्लेड र बोतल चबाउँछन्। हन!मान्छेलाई के के सम्म […]

Continue Reading

सिक्किमका साहित्यिक प्रतिभा हरि ढुङ्गेल

नवीन पौड्याल नेपाली साहित्यमा नयाँ नयाँ साहित्यकारहरू दिनदिनै देखा पर्दैछन्। यो राम्रो लक्षण हो। कोही सेवानिवृत्त भएपछि साहित्य सिर्जनामा देखा पर्दछन् । सिक्किम भूमि पनि नेपाली साहित्यको फूल फुलाउन उर्वर स्थान हो। यहाँका मानिसहरूका विभिन्न अनुभूतिलाई साहित्यिक सिर्जनाको फूल फुलाइन्छ। सिक्किमको सरकार नै साहित्य र साहित्यकारप्रेमी छ। त्यहाँका विगत र वर्तमान सरकारले साहित्यकारले प्रोत्साहन दिन […]

Continue Reading

डा.गोकुल सिन्हा भाषा विददेखि अनुवादक र समालोचकसम्म

नवीन पौड्याल भारतमा नेपाली साहित्यको ठुलो क्षेत्र छ। दार्जिलिङ सिक्किम, असम सबैतिरबाट नेपाली साहित्य लेखिन्छ र पढिन्छ। अझ दार्जिलिङ सिक्किम र असमका उच्च शैक्षिक संस्थानमा नेपाली भाषा( साहित्यको पठन(पाठन हुन्छ। यहाबाट पनि नेपाली साहित्यक पुस्तक र पत्रिकाहरू प्रकाशित हुन्छन्। यहाँ आफ्नै किसिमको नेपाली साहित्यिक परिवेश छ। यहाँको नेपाली साहित्यमा आफ्नै मौलिकता, परम्परा, प्रवृत्ति, प्रभाव पाइन्छ। […]

Continue Reading

बहु प्रतिभाशाली साहित्यिक मुक्ति उपाध्याय बराल

नवीन पौड्याल नेपाली साहित्यमा मुक्ति उपाध्याय बराल एक आदरणीय प्रतिभाशाली साहित्यकार हुन्। उनी साहित्यिक लेखक, सिनेमा कलाकार, नाटककार, हुन्। उनी दिन रात साहित्य अध्ययन मनन लेखनमा मग्न रहन्छन्, साहित्यिक चर्या गर्छन्। उनको जन्म १२ जनवरी, १९५५ मा गुवाहाटीको उत्तर शरणीयामा भएको हो। उनका माता पिताको नाम स्व पद्मादेवी र टिकाराम उपाध्याय हो। उनको बाल्यकाल र […]

Continue Reading

एउटा अनौठो लघु निबन्ध सङ्ग्रह

डा देवचन्द्र सुब्बा नेपाली विभाग, सिक्किम विश्वविद्यालय   लगभग दुई वर्षअघि भाषाकै कार्यक्रम लिएर असम पुगेको थिएँ। उदालगुडी र विश्वनाथ चारआलीमा भाषाको दुई दिवसीय कार्यशाला थियो। प्रोफेसर कविता लामा गुरुआमा र म उक्त कार्यक्रममा सहभागी बनेका थियौँ। त्यस बेला असमका धेरै जना साहित्यकार, लेखहरूसँग हाम्रो परिचय भएको थियो। धेरै जना आत्मीय बनेका थिए अनि वहाँहरूले […]

Continue Reading