क्षितिजको यात्रा

राजेश ढुंगाना मैले पएट मारेर बतासमा बतासकै काम्रो लगाएको खुट्टाले क्षितिजको यात्रा प्रारम्भ गरेको छु भोलि दुर्घटना हुने जान्दा जान्दै आकाशसँग मायालु ओठहरुका चुम्बन असफल स्खलित हुने जान्दा–जान्दै पनि मेरो यात्रा रोकिंदैन हो पएट मारेर बतासमा बतासकै काम्रो लगाएको खुट्टाले मैले क्षितिजको यात्रा प्रारम्भ गरेको छु ठोक्किंदै चराहरुसँग रोमाञ्चक कावा खेलेर बादलसँग कुनै पनि बेला […]

Continue Reading

बधाई अनि धन्यवाद

सुभाषचन्द्र पौडेल भीमफेदीया पाँचतारे होटलबाट धूमधामसँग छोरी अन्माएछौ सपरिवारलाई बधाई छ दाइजोमा हिरामोती, सुनचाँदी गरगहना टन्नै दिएछौ कमाएका छौ र पो दिनसक्यौ फेरि पनि बधाई छ आफन्त, छर-छिमेकी र चिनजानका सबैलाई बोलाएछौ ज्यादै राम्रो काम ग-यौ हार्दिक धन्यवाद छ अनि एउटा कुरा पाँचतारे होटलभित्र छिर्नका लागि एक जोर गतिलो वस्त्र र आकर्षक जुत्ता छैन भनेर […]

Continue Reading

चार मुक्तक

नीलकण्ठ सुवेदी, अमेरिका जूनसँग छु म तारासँग छु सम्झना गर्नेहरू सारासँग छु याद आउँदैन भने बिर्सिदिए हुन्छ परमेश्वरसँग छु म सर्वहारासँग छु । हिजो देखेको मान्छे आज दुरूस्तै देख्न पाए हुन्थ्यो नलरबरिए हुन्थ्यो सधैं तन्दुरूस्तै देख्न पाए हुन्थ्यो चाहेजस्तो भइदेओस प्रभु भनेर पुकारा गरिरहन्छु आदर, सम्मान अनि सद्भाव उस्तै देख्न पाए हुन्थ्यो । प्यार गरे […]

Continue Reading

स्मार्ट घडी

सुभाषचन्द्र पौडेल “भीमफेदीया”   सानै छँदा मस्त निदाइरहेका बेला कामकाजी बुबाले राति कुन बेला आएर खुसुक्क मेरो देब्रे हातमा रङ्गीन आलुघडी बाँधिदिएर बिहान सखारै पुनः आफ्नो काममा हिँडिसकेछन् म झल्यास्स ब्यूँझिएर हेर्दा आफ्नो हातमा घडी देखेपछि यति खुशी भएछु कि त्यो हर्ष अनि आनन्दको म बयान गर्न नै सक्दिनँ घर-परिवारका सदस्यहरूले मेरो हातको घडी नदेख्ने […]

Continue Reading

मुक्तकहरू

मुरारि सिग्देल १) जगतमा ठुलो हुन्छ कर्म । कर्म गरे पछि हुन्छ धर्म | कर्म भनेको भाग्य हैन  , बुझौ हामी सबै  ,गीताको मर्म| २) अँध्यारो रातमा जून कस्तो ? बैरागीको संगीतमा धून कस्तो? बेइमानी ,बैगुनी यो समाजमा , भलो गर्‍यो,गुन गर्‍यो नून सस्तो । ३) सीमसार भित्र हुन्छ,पानीको मूल काँढै काँढा बीच हुन्छ कोमल […]

Continue Reading

ॐ… सुपरम्यान (कविता)

जगन्नाथ पौडेल   खण्ड: क   म हिंडिरहेछु एक डल्लो टाउको अड्याएर केही थान करङको थाँक्रोमा दौडिरहेछु लिलिपुटे पाइतालाहरूमा आफ्नै अनन्त ब्रह्माण्ड   र बुझिरहेछु संसार मुठीमा छ मेरो मैले मुठी फुकाए ध्वस्तै हुन्छ सृष्टि मैले पाइला नचाले ठप्पै रोकिन्छ धर्ती जूनतारा मेरा खेलौना हुन्   सग्लो मान्छे ममात्र छु सृष्टिमा रूप मसँगमात्र छ धर्तीमा […]

Continue Reading

सुनिता बस्नेत थापा   हिजो जस्तो आज छैन आज जस्तो भोलि हुन्न देखिनु र हुनु एकै होइन म भित्र र बाहिर एकै छैन म अचल छु तर फरक फरक देखिन्छु समय र म अघि बढिरहन्छौं नयाँछ रुप फेरिरहन्छौं एउटा विन्दुबाट शुरु हुन्छ यात्रा कोष, अङ्ग, प्रणाली शरीरसँगै अनुहार पहिचान बन्छ नाम परिचय भन्छ बामे सर्ने, […]

Continue Reading

यो मन त्यो मन

इन्द्रकुमार श्रेष्ठ सरित् म म नै हुँ कसैको प्रतिलिपि हैन मलाई बिर्सिजानेहरुसँग पनि मेरो गुनासो छैन मनमा कुँदिएको शीलालेख हो मेरो माया असिना र पानीले सक्ने छैनन् मेट्न इच्छा लागेजति लिन सक्छ्यौ परीक्षा म बाहेक तिम्रो प्रेममा अरु कोही उत्तीर्ण हुने छैन । जिन्दगीले जिन्दगीलाई नै थिलथिलो बनायो त के भयो? माया बस्ने मनलाई मैले […]

Continue Reading

म मेरै सहेली

शीतल कादम्बिनी मनैभित्र फुल्छन् चमेली र बेली म आफन्त मेरो म मेरै सहेली शरच्चन्द्रका झैं खुलेको छ आशा छु मान्छे म यौटा हजारौं तमासा पराया भयो आफ्नु आफै पराई हरे मार्छ मेरै अभिप्सा मलाई बिना प्यास खोज्दै छ पानी पँधेरी भयो चित्त मेरो अचम्मै अटेरी कसैले नबुझ्ने अनौठो पहेली म आफन्त मेरो म मेरै सहेली […]

Continue Reading

साक्षी (कविता)

मीना श्रेष्ठ म र मेरो वरिपरिको गोलगोल संसार नियालीरहेछु निर्निमेष नयनहरूले आँखा चिम्लिनु र आखाँ चियाउनुको भिन्नता सास फेर्नु अर्थात् सासको आवतजावतका सिम्फोनी।   यहाँ आउने आइरहेछ,  जाने फर्किरहेछ, आँखाले देख्न सक्दासम्म आउने आइरहेछ जाने गइरहेछ फेरिएका छन् फगत हिंड्ने बाटाहरू।   लाग्छ, म छु र हिंडिरहेछन यी बाटाहरू मेरा आँखा छन् र त बदलिइरहेछन् […]

Continue Reading