विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न

९ असार, २०८०, काठमाडौं यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि  प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ । प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि […]

Continue Reading

“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित

२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]

Continue Reading

असमकी नैनालाई युवा अकादमी पुरस्कार

२३ जून २०२३ भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ । उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो । साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा […]

Continue Reading

विश्वका राष्ट्रिय गान नेपालीमा आउँदै

काठमाडौं ७ असार, २०८० नेपाल वाङ्मय फाउण्डेसनले विश्वका संयुक्त राष्ट्र संघसँग आवध्द १९५ देशका राष्ट्रिय गानको नेपाली अनुवाद बजारमा ल्याउने भएको छ । नेपाली बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा समर्पित हुने उद्देश्यका साथ स्थापित नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा यो पुस्तकको विमोचनसँगै शुरू हुनेछ । विश्वका राष्ट्रिय गानका प्रमुख अनुवादक प्रदीप निरौला रहेका छन् भने अन्य […]

Continue Reading

“सगरमाथा एक पहाडको नाम होइन” विमोचित

४ असार, २०८०, तानसेन वरिष्ठ  साहित्यकार चोलेश्वर शर्माको नव प्रकाशित कृति “सगरमाथा एक पहाडको नाम होइन”  तानसेनको धवल पुस्तकालयमा एक समारोहका वीच  प्रा. डा. गोविन्दप्रसाद भट्टराईले  विमोचन गरे  ! सो कृतिमाथि  दीन पन्थी , वनमाली निराकार र विजय सागरले समीक्षा गरेका थिए । स्मरणीय छ, चोलेश्वर शर्मा हास्य ब्यङ्ग्य विधाका हस्ती हुन् र पाल्पालाई नै […]

Continue Reading

नाटककार ध्रुव लोहागणको अवसान

१९ जून २०२३, सिलगढी   भारतीय नेपाली जगतका सशक्त सर्जक, गीतकार, कवि, कथाकार, नाटककार, निर्देशक, कलाकार, अभिनेता बहुआयामिक व्यक्तित्वका धनी ध्रुव लोहागणको हृदयाघातका कारण १९ जून २०२३ का दिन सिलगढीको एक नर्सिङ होममा देहान्त भएको छ । १० जून १९५७ मा जन्मेका उनले ४ अप्रेल १९६६ मा “साहेव अनि बेरा” मा अभिनय गरेर आफ्नो अभिनय […]

Continue Reading

आठौं सासंक पुरस्कार गणेश रसिकलाई

काठमाडौं असार २, २०८० धुलाबारी झापाको सासंक प्रतिष्ठानले आफ्नो ३४ औं स्थापाना दिवस तथा प्रत्येक दुई बर्षमा प्रदान गरिंदै आएको आठौं सासंक सम्मान तथा पुरस्कार एक समारोहका प्रदान गर्यो । यस वर्ष सो पुरस्कार बरिष्ठ गायक,गीतकार तथा लेखक गणेश रसिकलाई प्रदान गरिने निर्णय अनुसार उनलाई प्रमुख अतिथि-इलामका प्रबुद्ध नागरिक युद्ध प्रसाद वैद्यले समर्पण गरे । […]

Continue Reading

बुध्दि-रेशम स्मृति स्रष्टा सम्मान समर्पण

काठमाडौं, १ असार २०८०   जलरिका साहित्य प्रतिष्ठानले बुध्दि-शम स्मृति स्रष्टा सम्मान  साहित्यकार द्वय डा. ध्रुवचन्द्र गौतम र प्रा डा अभि सुवेदी तथा कलाकारश्यामलाल श्रेष्ठलाई एक समारोह वीच सम्मान अर्पण गरियो । सम्मानका साथमा सरस्वतीको मूर्ती, नगद एक लाख रहेको छ । समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले सरस्वती  मूर्ति,,प्रतिष्ठान संरक्षक कवि द्वारिका श्रेष्ठले  माला र जलेश्वरी श्रेष्ठले १लाख नगद समर्पण गरेका थिए । कवि द्वारिका श्रेष्ठको माता -ताको नाममा  स्थापित सम्मान २०६९ देखि साहित्य र कलाको क्षेत्रमा समर्पित स्रष्टाहरूको अतुलनीययोगदानका लागि प्रदान गरिंदै आएको छ। कार्यक्रमको शुरूमा प्रतिष्ठानका सचिव रोशन थापा नीरवले स्वागत भाषण गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय ध्रुवचन्द्र गौतम र डा. अभि सुवेदीको परिचय प्रा डा गोविन्दराज भट्टराईले गरेका थिए । कलाकारश्यामलाल श्रेष्ठको परिचय कला समीक्षक मुकेश मल्लले दिएका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । स्मरणीय छ जलरिका साहित्य प्रतिष्ठान लेखिका जलेश्वरीको जल र कवि द्वारिका श्रेष्ठको रिका मिलाई जलरिका नामाकरण गरिएकोहो । […]

Continue Reading

छायां

भ्यालेण्टिना नोव्कोभिच   जब कमजोरी विजेता हुन्छ चाहनाका दुर्लभ क्षणहरू जुन पढ्न सकिन्छ केवल सुलेखक मात्रै हुन्छन् विलुप्त सोच्नुहोस् कि त्यो पीडा हो केवल एक कप चिया जति मल्हम त्यति नै वेला । जव खानेकुरा दुर्लभ हुन्छ गोजीमा ती विस्फोट हुन्छन् मैले बोकेका मिठाइहरू सम्झाईबुझाई गर्दै अरूलाई मानौं म हिजो जन्मेको हुं र अहिलेसम्म जीवित । मैले यसो भन्दा विश्वास गर्दैनन् तिनीहरू कि रातमा म बदलिन्छु चिहाउंदै छायांमा । भीडभाडका छेउमा ऐतिहासिक क्षणहरू रक्षा कवच हुंदै र हुंदै लडाकु, दोहोर्याउंदै र हराउंदै , हो म सक्छु प्रतीक्षा गर्न धैर्यपूर्वक मिर्मिरेको जसमा एकताबध्द हुनेको सर्वथा अभाव छ । (अङ्ग्रेजीवाट अनुवादः गोविन्द गिरी प्रेरणा) कवि परिचयः भ्यालेण्टिना नोव्कोभिच सर्वियाली कवयित्री हुन् । उनका कविता रुसी, उज्वेक, किर्गिस, पोल्याण्डेली, रोमेनियाली, भियतनामी, स्प्यानिस, चिनियाँ लगायतका भाषामा अनुवाद भै प्रकाशित […]

Continue Reading

मधुपर्क सम्मानको घोषणा

जेठ २१, काठमाडौं। गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनी विगत २२ वर्षदेखि गर्दै आएको मधुपर्क सम्मानको यस वर्षकोको घोषणा गरेको छ । वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले सो निर्णय गरेको हो। मधुपर्कले जनाए अनुसार विसं २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार […]

Continue Reading