ग्वंग सिरपा सम्मान -२०८० सुवेदी र भट्टराईलाई समर्पण

२ मंसिर २०८०, भक्तपुर साहित्यिक सम्मान संगम २०५० ले एक समारोहको आयोजना गरी प्रत्येक २ वर्षमा २ जना निबन्धकारलाई प्रदान गरिने प्राडा. अभि सुवेदी तथा प्राडा गोविन्दराज भट्टराईलाई जनही रु पचास हजार पाँच राशीको नगद राशीसहित ग्वंग सिरपा सम्मान -२०८० समर्पण गर्यो । ग्वंग सिरपा सम्मानका संस्थापक तेजेश्वरवावु ग्वङ्गले सो पुरस्कार मर्पण गरेका थिए । […]

Continue Reading

अनेसास न्हूह्याम्शायरद्वारा पौडेल र शाह सम्मानित

१३ नोभेम्वर २०२३, न्हूह्याम्शायर अमेरिकाको न्हूह्याम्शायरमा ११५ औं लक्ष्मी जयन्ती तथा वार्षिक साधारण सभामा न्यूह्यामसायर अनेसासद्वारा अमेरिका भ्रमणमा रहेका महेश पौड्यालले विशेष सम्मान प्राप्त गरेका छन् । सोही समारोहमा मुक्तिनारायण मनमाया स्मृति पुरस्कार (२०२३) अनु शाहलाई प्रदान गरिएको थियो । साधारण सभाले पुनः हरिमाया अधिकारीको नेतृत्वमा नयाँ कार्य समिती समेत गठन गरेको थियो । सो […]

Continue Reading

“संवेदनाको समायोग” को गैंडाकोटमा अन्तरसंवाद

२४ कार्तिक २०८०, गैंडाकोट सुपरिचित समालोचक तथा प्राध्यापक ज्ञानु अधिकारीको पहिलो निवन्ध सङ्ग्रह “संवेदनाको समायोग” को गैंडाकोटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो । चितवनको अग्रणी पुस्तक विक्रेता कृतिको चिनारी दिएका थिए, त्यसपछि मुख्य बक्ता सुरेन्द्र अास्थफलले कृतिको विषयमा विस्तृत समीक्षात्मक टिप्पणी गरेका थिए । त्यसपछि मञ्चासिन तथा दर्शक दिर्घामा रहेका विभिन्न व्यक्तिहरुले सो कृतिमाथि आआफ्ना धारणा […]

Continue Reading

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टाहरू सम्मानित

२४ कात्तिक २०८०, काठमाडौं मानव अधिकार तथा शान्ति समाजले “साहित्य आराधन:स्रष्टा सम्मान अभियान” अन्तर्गत समाज सेवा तथा स्रष्टा सम्मान अर्पणको कार्यक्रम सम्पन्न गर्यो । मानव अधिकार तथा समाजका केन्द्रिय सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार २०७९ बाट मिठाईदेवी विश्वकर्मा सम्मानित भइन् भने अन्य विभिन्न पुरस्कारहरूबाट अन्य १५ जना […]

Continue Reading

पेन क्षेत्रिय सम्मेलनमा सुषमा आचार्यको सहभागिता

२३ कार्तिक २०८०, काठमाडौं अन्तरराष्ट्रिय पेन संस्थाको फिलिपिन्सको राजधानी मनिलामा २४ अक्टोवरदेखि २९सम्म एशिया प्यासिफिक क्षेत्रिय सम्मेलनमा नेपालको तर्फबाट भाग लिई पेन नेपालकी उपाध्यक्ष साहित्यकार सुषमा आचार्य नेपाल फर्केकी छिन् । सम्मेलनमा फिलिपिन्स, नेपाल, बंगलादेश, मलेशिया, कम्बोडिया, म्यानमा, श्रीलङ्का, जापान र अस्ट्रेलियाको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न बिषयमा छलफल, कार्यशाला, विता वाचन तथा साँस्कृतिक […]

Continue Reading

स्रष्टा समाज र सिक्किमेली साहित्यकारवीच अन्तर्कृया सम्पन्न

२१ कार्तिक २०८० गान्तोक पूर्वोत्तर भारतको नेपालीभाषी क्षेत्रको भ्रमणमा रहेको नेपाल स्रष्टा समाजको टोली र सिक्किम साहित्य परिषदका पधाधिकारीविच समसामयिक साहित्य विषयमा सिक्किमको राजधानी गान्तोक शहरमा अन्तरक्रिया सम्पन्न भएको छ । परिषद भवनमा सम्पन्न सो कार्यक्रममा परिषदका अध्यक्ष हरि ढुङ्गेलले सिक्किमको समग्र साहित्यिक स्थितिको जानकारी गराएका थिए । त्यसैगरी नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ […]

Continue Reading

राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठानमा हुने

२० कार्तिक २०८०, काठमाडौं नेपाल बाल साहित्य समाजको २८ औं राष्ट्रिय सम्मेलन प्यूठानमा सम्पन्न गरिने निर्णय भएको छ । समाजले प्यूठानमा हुने राष्ट्रिय सम्मेलनको पोष्टर सार्बजनिक गर्दै सो कुरा जनाएको हो । 000

Continue Reading

नेपाल बालसाहित्य समाजका चार पुरस्कारको घोषणा

२० कार्तिक २०८०, काठमाडौं नेपाल बालसाहित्य समाजले २०८० सालका विभिन्न विधा र क्षेत्रमा योगदान पुर्‍याउनु हुने चार जना स्रष्टालाई पुरस्कारको घोषणा गरेको छ । समाजले जारी प्रेस विज्ञप्ति अनुसार देवीप्रसाद वनवासीलाई नेबासास चूडा-चरण बालजीवनी पुरस्कार, देवीना प्रधानाङ्लाई नेबासास बालनियात्रा/लोकवार्ता पुरस्कार, डा. अच्युतशरण अर्याललाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र डा.गेहेन्द्रभूषण पोखरेलीलाई नेबासास  मुकेश-जनक बालविज्ञान पुरस्कार […]

Continue Reading

सिलगढीमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

४ नोभेम्वर २०२३, सिलगढ़ी बुक एन्ट,सालबारी सिलगढ़ीमा आयोजित समारोहमा स्रष्टा मुक्तिप्रसाद उपाध्यायका तीन वटा पुस्तक पदचिह्न पहिल्याउँदै (उपन्यास), समीक्षा गुच्छ (समीक्षा सङ्ग्रह) र संस्मरण गुच्छ (संस्मरण सङ्ग्रह) लोकार्पण भएको छ ।  साहित्य अकादेमी पुरस्कार प्राप्त पद्मश्री सानु लामा (सिक्किम)को  अध्यक्षतामा सम्पन्न सो समारोहको प्रमुख अतिथि रुद्र पौडेल (साहित्यकार प्रोफेसर, सिक्किम) थिए । विशिष्ट अतिथिहरूमा साहित्य […]

Continue Reading

नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङमा

१८ कार्तिक २०८०, दार्जिलिङ   नेपाली भाषी पूर्बोत्तर भारतको भ्रमणमा रहेको नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङको साहित्यिक समारोहमा सहभागी भए । कार्यक्रममा अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको थियो  । गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साहित्यकार प्रेम […]

Continue Reading