जीवन्त​ द​शैँ

कविता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)
– शैलेन्द्र साकार​

द​शैँका लागि ख​ल्पीको अचार पनि
र, अचार हाल्नको लागि बुढो पुरानो काँक्रो पनि
माइकल कर्बीको आर्ट अफ टाइम पनि
जसभित्र म आभांगार्द र न​याँ लेखन सोच्छु

अक्टोवियो पाजले पहुँचमा पु-याउने र
छुट्ने बेलामा छाड्ने मूल्यांकनको
कंक्रिट कविता पढ्दै नयाँ घर पनि सोच्छु
त्यो कंक्रिट हो कि होइन?
(प्रश्न आफैँसित )
घर पनि कविता पनि
स्वास्नीलाई म​क्ख​ पार्ने
नयाँ नयाँ टेक्निक पनि साथीहरूलाई कहिल्यै नलेखिने
कविताको थिम सुनाउँदै र किरिया खाँदै—अब केही नयाँ लेखुँला।

आइमाईह​रू म​रुभूमि भै स​के
त्यहाँ जति बीउ छर केही हुने होइन भन्ने
मेरा उत्साही नपुंसक साथीहरू तिमीहरूका लागि फेरि किन परिवार नियोजन?

विदेशीहरूका आँखामा
आफ्नो मूल्यांकन प​र्खिरहेका
नेपाली बुद्धिजीवीहरूको पंक्तिमा आफूलाई उभ्याउँदै
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न
असल छिमेकीहरूको नियतबारे शङ्का उठाउँदै हरेक शनिबार पशुपतिनाथ र हरेक मङ्गलबार सिद्धिविनायक गणेशको अक्षता निधारमा टाँसेर
निर्धक्क भविष्य बनाइरहेछु ।
साप्ताहिक राशिफल अनुसारको
भविष्य बाँचिरहेछु अत्यन्त जीवन्त बाँचिरहेछु ।