‘जङ्गबहादुर पनि हाँस्छ ?’कथासङ्ग्रह विमोचित

समाचार

५ बैशाख २०८३, काठमाडौं

कथाकार नारायण तिवारीको कथासङ्ग्रह’जङ्गबहादुर पनि हाँस्छ ?” एक समारोहका बीच प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठ, श्यामल र नारायण ढकाल, डा.ज्ञानु अधिकारी लगायतले सामुहिक रुपमा बिमोचन गरे ।
बिमोचनपश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले कथा लेखन का दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै नारायण तिवारीका कथाहरू कथाकार जस्तै सरल तर गम्भीर हुने गरेको बताए।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा.ज्ञानु अधिकारीले तिवारीका कथाहरू सरल तर खारिएको हुने गरेको बताइन्।
पाठकीय मन्तव्य राख्दै कवि श्यामलले कथाकार जस्तै कथाहरू पनि सरल सुललित भएको बताए।
अर्का कथाकार नारायण ढकालले तिवारीका कथाहरू सरल भएको बताउँदै सरलतामा गम्भीरता भएको बताए।
कार्यक्रमको सुरुमा शिखा बुक्सका पुष्प राज पौडेलले स्वागत मन्तव्य राखेका थिए तथा कृतिकार नारायण तिवारीले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)