२ फागुन २०८२, पोखरा
शब्दालय, पोखराको प्रकाशनमा तथा आयोजनामा आयोजित ‘दामली अक्षर’ को लोकार्पण एक समारोहका बिच सम्पन्न भएको छ। प्रणय दिवसको दिन पारेर गरिएको कार्यक्रममा दामली अक्षरका स्रष्टाहरु लक्ष्मण थापा , डा ईश्वरमणि अधिकारी , दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरु क्रमश: मैंया थापा , रीता अधिकारी ऋतु , शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा साहित्यकारहरु सरुभक्त , तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । त्यसै गरी पुस्तकका सर्जकहरु लक्ष्मण थापा, डा ईश्वरमणि अधिकारी , दीपक समीप र जीवन सागर भण्डारीले आ आफ्ना रचना सहित लेखन साथै प्रकाशन दौरानका सन्दर्भहरु सुनाएका थिए ।
लोकार्पण तथा प्रमुख अतिथिहरुको तर्फबाट कवि रीता अधिकारी ऋतुले मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सभाध्यक्ष बनाएर सम्पन्न गरिएको कार्यक्रम कवि अमृत क्षेत्रीले सञ्चालन गरेका थिए ।
०००
