८ कार्तिक २०८२, काठमाडौं
काठमाडौं । एपेक नेपालको प्रस्तुति ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२’कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसीको इटहरी स्थित सोल्टि होटलमा हुने भएको छ । सो महोत्सवमा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् ।
एपेक नेपालले जनाए अनुसार यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलास, मेधश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण ‘मनोरमा’, गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जि.एम., कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बताश सहभागी हुने छन् । यस महोत्सवले नेपाली काव्यको विविधता र क्षेत्रीय स्वरलाई एउटै छातामुनि ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको व्यवस्थापकीय कवि तथा कोशी प्रदेशकी सांसद मिना श्रेष्ठका अनुसार एपेक काव्य महोत्सवको यो दोस्रो संस्करण एउटै मन्चमा बसेर समग्र राष्ट्रको समकालिन काव्यिक ढुकढुकी आस्वादन गर्न सकिने अपूर्व अवसर हुनेछ।
०००
