वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

मुख्य समाचार

८ कात्तिक २०८२ , काठमाडौं

साहित्यिक पत्रकार संघले साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति “अलग” र उपन्यासहरु “बन्धन” तथा “पछुतो”को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृतिलाई प्रमुख अतिथि तथा कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरु प्रा. डा. गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरीलगायतले संयुक्त रुपमा लोकार्पण गरे ।
कार्यक्रममा विमोचित कृति “अलग”को समीक्षा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले, “बन्धन” उपन्यासको समीक्षा वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्कीले तथा “पछुतो” उपन्यासको समीक्षा डा. शान्तिमाया गिरीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि के के कर्माचार्य, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु दीपेन्द्र श्रेष्ठ, मदनदास श्रेष्ठ, प्रा. डा. सुरेन्द्र के. सी., हिरण्यकुमारी पाठक, साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंह लगायतले मन्तव्य राखेका थिए ।
सो समारोह कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गरेकी थिइन् ।
स्मरणीय छ, कृतिकार न्यौपानेका हालसम्म दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृतिहरु प्रकाशित छन् ।

000