महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइयो

मुख्य समाचार

०३ कात्तिक २०८२, काठमाडौं

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटाका रचना लगायत आ-आफ्ना रचना वाचन गरेर साहित्यकारहरूले उनको सम्झना गरे ।
सो अवसरमा रचना वाचन गर्नेहरूमा रेशु गौतमाचार्य,रूपा रिसाल चालिसे,सौदामिनी चालिसे,विसुकुमार केसी,रामेश्वर केसी, ध्रुव थापा,दीपक लोहनी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, शोभा अधिकारी,शंकर भारती,विष्णुबहादुर सिंह,वियोगी बुढाथोकी,सोझो गाउँले,गुप्तबहादुर श्रेष्ठ,माधव बिंडारी चेतनपथ,विनोद नेपाल,प्रकाश घायल,श्यामबहादुर भावुक, राजकुमार बानियाँ तथा डम्बरबहादुर बुढाथोकी रहेका थिए।
शिवपुरी साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका संरक्षक तथा शिवपुरी सन्देश साहित्यिक त्रैमासिकका सम्पादक/ प्रकाशक वियोगी बुढाथोकी विशेष आमन्त्रित रहेका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै सभाध्यक्ष विष्णु बहादुर सिंहले महाकवि देवकोटाको जन्मजयन्तीलाई भव्य तरिकाले मनाउन उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।साथै,उनले साहित्यकारहरूको जिब्रोमा माता सरस्वती र घरमा माता लक्ष्मीले बास गरुन् भनेर कामना व्यक्त गरेका थिए।
कार्यक्रममा समाजका संरक्षक वियोगी बुढाथोकीले महाकवि देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै माता सरस्वती का पुजारी साहित्यकारहरूको घरमा लक्ष्मीले पनि बास गरुन् भनेर कामना गरेका थिए।
कार्यक्रमका सहजकर्ता तथा सञ्चालक प्रकाश घायल रहेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)