४ भदौ २०८१, काठमाडौं
लालित्य सिर्जना समाज,महालक्ष्मी नगरपालिका-४ इमाडोल,ललितपुरको प्रथम वार्षिकोत्सब सम्पन्न भएको छ।
सो कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई लोक गीतगायक रत्न बेहोसी,लोकगीत गायिका तीर्थकुमारी थापा,नाटककार मनहरि भण्डारी,साहित्यकार धर्मनिभा बज्राचार्य,हस्तकला कलाकार तथा प्रशिक्षक चिरीमाया महर्जन,साहित्यकार श्रीराम पौडेल,सगरमाथा आरोही कल्पना महर्जन,महालक्ष्मी नगरपालिका तथा समाजसेवीद्वय इन्द्रकुमार श्रेष्ठ एवम् श्रीमती विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले लालित्य सिर्जना समाजले साहित्य मार्फत् पुर्याएको योगदानको प्रशंसा गर्दै विभिन्न क्षेत्रमा नाम कमाएका विशिष्ट व्यक्तिव्वहरूलाई सम्मान गर्ने अवसर प्राप्त भएकोमा आभार प्रकट गरेका थिए।
त्यसैगरी,उप-प्रमुख लक्ष्मी महर्जनले आफ्नो शुभकामना मन्तव्य दिंदै लालित्य सिर्जना समाजको स्थापनामा सल्लाह दिन पाएको र संस्था विधिवत् रूपमा स्थापना भइसकेपछि आफूले उद्घाटन गर्न पाएको अवसरको स्मरण गर्दै
महालक्ष्मी नगरपालिकालाई चिनाउन सहयोग पुर्याउने विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान गरेर लालित्य सिर्जना समाजले प्रशंसनीय कार्य गरेको बताइन्।
कार्यक्रममा समाजको वार्षिक मुखपत्रका रूपमा’लालित्य’ स्मारिकाको विमोचन पनि गरिएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तिव्वहरूको संक्षिप्त्त परिचय दिँदै समाजका सल्लाहकार तथा कवि दिव्य गिरीले राष्ट्रले दृष्टि पुर्याउन नसके पनि साहित्यिक संस्थाहरू मार्फत् ख्याति कमाएका व्यक्तित्वहरूलाई सम्मान गर्न पाएकोमा आभार प्रकट गरेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू रत्न बेहोसी,तीर्थकुमारी थापा,कल्पना महर्जन तथा ईन्द्रबहादुर श्रेष्ठले आ-आफ्नो मन्तव्य राखेका थिए।
सगरमाथा आरोही कल्पना महर्जनले सगरमाथा आरोहणको प्रसङ्ग उठाउँदै २०७५ र २०७६ मा बोथ साइड सगरमाथाको सफल आरोहण गरेको बताइन्। कार्यक्रममा उनले केही मुक्तक पनि वाचन गरेर सुनाएकी थिइन्।
कार्यक्रममा साहित्यकारद्वय शैलेन्द्र साकार तथा प्रा.डा.गोविन्दमानसिंह कार्कीले शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा कवि शैलेन्द्र साकारले एउटा कविता पनि वाचन गरेका थिए।
कार्यक्रममा समाजका सल्लाहकार कवि तथा समालोचक कृष्ण प्रधानले महालक्ष्मी नगरपालिका प्रख्यात गायक, गायिका,सङ्गीतकार तथा वरिष्ठ साहित्यकारहरूको धनी रहेको बताउँदै सगरमाथा आरोही समेत भएको नगरपालिका मा लालित्य सिर्जना समाजले गरेको सम्मान कार्यक्रम आफैँ मा एउटा ठूलो उपलब्धि भएको बताए।
कार्यक्रममा उपस्थित प्रमुख आमन्त्रित व्यक्तित्व लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बुद्धिमान महर्जनले समाजको गतिविधि तथा भावी कार्यक्रमका बारेमा चर्चा गरेका थिए।
लालित्य सिर्जना समाज आयोजक रहेको कार्यक्रममा सह- आयोजक ईन्द्रकुमार श्रेष्ठ तथा श्रीमती विष्णु श्रेष्ठ रहेका थिए।
कार्यक्रममा समाजकी सदस्य सचिव जुमन किरणले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन सदस्य निरा श्रेष्ठले गरेकी थिइन्।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सयोगमा)
