अनेसास न्यूह्याम्पसायरमा भानु जयन्ती

मुख्य समाचार

अमेरिका, २९ असार २०८२, न्यूह्याम्सायर

अनेसास न्यूह्यामसायर च्याप्टरले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाएको छ ।
सो कार्यक्रममा ईश्वरी भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, हरिकुमारी गुरूङ, विजया सिंखडा, अनिल संग्रौला, गायत्री पौड्याल, अग्नी पराजुलीहरूबाट आ- आफ्ना रचना वाचन गरिएको थियो।
कार्यक्रमा कवि ईश्वरी भट्टको “अनवरत प्रयासहरू” काव्य संग्रहको विमोचन गरिएको थियो।
विमोचित कृतिमाथि रामचन्द्र भण्डारीले कवि ईश्वरी भट्टको कविता संग्रह “अनवतर प्रयासहरू” को विवेचना गरेका थिए ।
भानुभक्तको फोटोमा माल्यार्पणसँगै सुरू गरिएको सो कार्यक्रममा श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत अनेसास केन्द्रका निवर्तमान महासचिव विमला निरौलालाई दोसल्ला र प्रमाण-पत्रले सम्मान गरिएको थियो।
अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष गोवर्ध्दन पूजा, निवर्तमान महासचिव विमला निरौलाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सम्मानित व्यक्तित्व निवर्तमान महासचिव विमला निरौलाले आफ्ना भनाइहरू राख्दै आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पारेकी थिइन् ।
त्यसैगरी विशिष्ठ अतिथि गोवर्ध्दन पूजाले विमोचित पुस्तकका सर्जकलाई बधाई दिँदै अनेसास न्यू ह्याम्पसायर च्याप्टरको तारिफ गरे । । सन् २०१८ मा अनेसास च्याप्टर सम्मेलन गरेको अनेसास न्यूह्याम्पसायर च्याप्टरले अब अनेसास विश्व साहित्य सम्मेलनको तयारी गर्नुपर्ने र गर्न सक्ने बताउँदै आफूहरू यसका लागि सघाउन तयार रहेको बताए ।
कार्यक्रममा लालगोपाल सुवेदीले कवि ईश्वरी भट्टलाई निरन्तर खटाइ र काव्य रचनाको लागि धन्यवाद दिँदै भानुभक्त बारे थप टिप्पणी गरेका थिए ।
कार्यक्रमको अन्तमा च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिमाया अधिकारीले चन्दादाता , खानपिन, सर सफाइ र व्यवस्थापनमा सहयोग गर्नेहरू र सहभागी सबैलाई धन्यबाद दिंदै सभा बिसर्जन गरेकी थिइन् ।
सो कार्यक्रको सञ्चालन च्याप्टर महासचिव नविन शर्माले गरेका थिए।

(ईश्वरी भट्टको सहयोगमा)