२८ असार २०८२, वालिङ, स्याङ्जा,
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भसंगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा सर्जक लक्ष्मी रेग्मी खनालको लघुकथा कृति “अन्त्य” को विमर्श एवम एकल लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ ।
कार्यक्रममा “अन्त्य” लघुकथा कृतिसंगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेग्मी खनालको बीच मिलन समीरको सहजीकरणमा विमर्श गरिएको थियो ।
कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविश्वर पङ्गेनी, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, विष्णु पङ्गेनी पाण्डे, जि.बी. राना, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, राजु गैह्रे, वसन्त खनाल, सुर्याम्श अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना रचनाहरु वाचन गरिएको थियो ।
