वसन्त चौधरीको पहिलो उपन्यास “देवयानी” विमोचित

मुख्य समाचार

४ असार २०८२, काठमाडौं

विशेष गरी गीत, गजल र कवितामा कलम चलाउने वसन्त चौधरीको पहिलो उपन्यास “देवयानी” को विमोचन सम्पन्न भएको छ ।
विमोचन समारोहलाई डिजिटल माध्यमबाट विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, अमर न्यौपाने, बबिता बस्नेत, कुमारी लामा, उमा सुवेदीले मन्तव्य तथा शुभकामना प्रकट गरेका थिए ।
सो कार्यक्रममा अभिनेता दिव्यदेव र वसन्त चौधरी वीच सम्वाद पनि चलेको थियो ।
सो कार्यक्रमको सहजिकरण सृजना पोखरेलले गरेकी थिइन् ।