“मोहन सिटौला : व्यष्टि र समष्टि” लोकार्पित

समाचार

१२ जेठ २०८२, काठमाडौं ।

साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गरी “मोहन सिटौला : व्यष्टि र समष्टि” लोकार्पण कार्यक्रम सम्पन्न ग-यो ।
सो कृतिलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र मञ्चासिन सबैले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले सर्जक मोहन सिटौलाको योगदानको चर्चा गर्दै सिटौला बहुआयामिक व्यक्ति भएको चर्चा गरे ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., वरिष्ठ साहित्यकार डा. गार्गी शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, बाग्मती कलेजका प्रिन्सिपल प्रा. डा. सुरेन्द्र सिटौला, सिटौला समाजका पूर्व सभापति खगेन्द्रराज सिटौला, कपिल सिटौला लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा अमेरिकामा रहेका मोहन सिटौलाले अनलाइनबाटै आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई साहित्यकार भगवती बस्नेतले सहजीकरण गरेकी थिइन् ।
स्मरणीय छ, “मोहन सिटौला : व्यष्टि र समष्टि”कृति काठमाडौंबा प्रकाशित हुँदै आएको शारदा मासिक पत्रिकाको अतिरिक्ताङकको रुपमा प्रकाशित गरिएको हो ।

०००

Leave a Reply