इन्द्र-मोहन स्मृति गुठीका चार पुरस्कारहरूको घोषणा

मुख्य समाचार

७ कार्तिक २०८१, काठमाडौं

इन्द्र-मोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने चार पुरस्कार र सम्मान घोषणा गरेको छ ।

गुठीले गरेको निर्णय अनुसार डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कथाकार रुद्र ज्ञवालीलाई, ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार शब्दपथ का प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई, ओम _ इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती मोक्तानलाई गरिने भएको छ । यी तीनवटै पुरस्कारहरुमा पच्चीस हजार नगद राशी रहेको छ ।
त्यसैगरी डा. विमला साहित्य सम्मान कवि मञ्जूश्री गिरीलाई प्रदान गरिने भएको छ । सम्मान राशि रु १५०००/ पन्द्रह हजार रहेको छ ।
यी पुरस्कारहरूको निर्णय गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
यी सबै पुरस्कारहरू आगामी मंसिर १ एक गते विराटनगरमा एक समारोहको आयोजना समर्पण गरिने कुरा गुठीले जनाएको छ ।

 

Leave a Reply