“भूपि” को लोकार्पण

मुख्य समाचार

२३ साउन २०८०, काठमाडौं

नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति “भूपि” काठमाडौंमा एक समारोहका वीच बिमोचन सम्पन्न भयो ।
यस संस्मरणात्मक कृतिको लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्षअघि कविता लेखन र साहित्यिक गतिबिधिमा देखा परेकी उनी केही समयको अन्तराल पछि पिताबारे कृति लिएर आएकी छिन्।
पुस्तकको बिमोचन साहित्यकार अभि सुवेदी, डा. तीर्थबहादुर श्रेष्ठ, भूपिकी पत्नी कान्ति शेरचन तथा लेखिका एबम् भूपिकी छोरी कविता शेरचनले सामुहिक रुपमा विमोचन गरेका थिए ।
अङ्ग्रेजीमा प्रकाशित यस कृतिको नेपाली अनुवाद पनि प्रकाशन हुने थाहा भएको छ ।

Leave a Reply