विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न

मुख्य समाचार समाचार

९ असार, २०८०, काठमाडौं

यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि  प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ ।

प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि खिमानन्द जोशी तथा पूर्णानन्द ओझा, खाम मगर भाषाका १ कवि टङ्क बहादुर झाँक्री मगर (समीप वैरागी), तथा नेपाली भाषाका ७ कविहरु उमेश पुन, कृपा करुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नविन अभिलाषी, प्रकाश दिप्साली राई, राधिका कल्पित पुरस्कृत हुनका लागि छनौट भएका छन् ।

यस वर्षको यो कविता महोत्सवसँगै विसं २०२२ सालदेखि प्रथम, दोश्रा र तेश्रा हुने परम्परा समाप्त भएको छ ।

Leave a Reply