३० भदौ २-८२, नेपालगञ्ज
मध्यपश्चिम स्रष्टा समाज नेपालगञजले अर्पण गर्दै आएको वर्ष २०८१ को “सनत रचना कथा सम्मान” श्रेयज सुवेदी लिखित “बहुरुपि” का लागि प्रदान गर्ने निर्णय भएको समाजका अध्यक्ष बीपी अस्तु हस्ताक्षरित एक विज्ञप्तिमा जनाइएको छ ।
यो पुरस्कार विसं २०८० सालमा पहिलोपटक दिला शाहलाई उनको कथा सङ्ग्रह “अँध्यारो बस्तीकी नायिका”(२०७९) का लागि पहिलो पटक प्रदान गरिएको थियो ।
त्यस्तै गत वर्ष विसं २०८१ मा गोपाल अस्कलाई उनको कथा सङ्ग्रह “कालो गुलाफ”(२०८०)का लागि प्रदान गरिएको थियो ।
विज्ञप्तिमा जनाइए अनुसार सो सम्मान आगामि असोज ६ गते एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिनेछ ।
०००
