विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश

समाचार

१ जनवरी २०२४, वाशिंटन डिसी

गीतकार पुष्पा खानालको “प्यासी” बोलको गीत वर्ल्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । वर्ल्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो ।

विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा परेको हो ।

सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनाएकी थिईन् । यो मेरो पहिलो सहभागिता थियो, उत्कृष्ठ १० मा पर्न सफल भएँ । म निकै खुसी छु, गीतकार पुष्पाले भनिन् ।

वल्र्ड गीतकार अवार्डले गीत लेखन अवार्ड त्रैमासिक रूपमा आयोजना गर्ने गर्दछ । यो अवार्डमा सम्मानित हुने गीतलाई विश्वस्तरको गीतको मान्यता प्राप्त छ ।

लगभग तीन दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्पाका दुई गीत सङ्ग्रह, दुई एल्बम र सयौं फुट्कर गीत तथा कविताहरू विभिन्न साहित्यिक र प्रमुख मिडियामा प्रकाशित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *