१२ भदौ २०८२, काठमाडौं
अक्षरमार्गले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा नेपाली वाङ्मयका सात प्रतिभाहरूलाई सम्मान गर्ने भएको छ ।
अक्षर मार्गका सुर्य लाकोजुले जनाए अनुसार यस वर्षको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान श्रीहरि फुयाललाई प्रदान गरिनेछ । यस सम्मानको व्यवस्थापन साहित्यकार सूर्य लाकोजूले आफ्ना मातापिता विष्णुप्रसाद लाकोजू र माता हेममाया लाकोजूको नाममा गरेका हुन् ।
कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान साहित्यकार तिलक प्रकाश कायस्थलाई प्रदान गरिनेछ । समाजसेवी तथा शिक्षासेवी राजेशकुमार श्रेष्ठले सो सम्मानको व्यवस्थापन आफ्ना पिता कृष्णदास श्रेष्ठको स्मृतिमा गर्दै आएका छन् ।
श्रीराम स्मृति अक्षरमार्ग सम्मान साहित्य्कार काजी रोशन बागलुङलाई प्रदान गरिनेछ । जगतमाया कर्माचार्यबाट व्यवस्थापित सो सम्मान समाजसेवी, शिक्षासेवी तथा कवि श्रीराम कर्माचार्यको नाममा स्थापित छ ।
नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान साहित्यकार अन्जना वस्ती भट्टराईलाई अर्पण गरिने छ । यो सम्मानको व्यवस्थापन काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष, पूर्ब नेपाल सशस्त्र प्रहरी संघका वरिष्ठ उपाध्यक्ष पूर्व एसएसपी प्रल्हाद के. सी. ले आफ्ना दिबंगत बुबा स्व. नर बहादुर के.सी. को नाममा स्थापना गरेका हुन् ।
कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान साहित्यिक पत्रकार शशी पन्थीलाई प्रदान गरिने छ । यस सम्मानको व्यवस्थापन साहित्यकार ध्रुवकृष्ण ताम्राकारले आफ्ना मातापिताको स्मृतिमा गर्दै आएका छन् ।
ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान प्रा डा तुलसी गौतमलाई प्रदान गरिने छ । साहित्यकार ध्रुबनारायण जोन्छे र मिरा जोन्छेंको नाममा स्थापित यस सम्मानको सौजन्य ध्रुबनारायणबाट हुँदै आएको छ ।
त्यस्तै भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा समान: प्रा डा सुमनराज ताम्राकारलाई प्रदान गर्ने निर्णय भएको छ । यो सम्मान समाजसेवी तथा साहित्यकार भरतराज महतको नाममा स्थापित सम्मान हो । यसको व्यवस्थापन समाजसेवी उत्तम महतबाट हुँदै आएको छ ।
यी सम्मानहरू १४ भदौमा एक विशेष कार्यक्रमका वीच अर्पण गरिनेछन् ।
