८ चैत २०८१, काठमाडौं ।
हेम सरिता पाठक फाउन्डेसनले बर्षेनी आयोजना गर्ने गरेको एक लाख राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा यस वर्ष कवि तोया भट्ट पुरस्कृत भएका छन् ।
यो पुरस्कार समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेका हुन् ।
पहिलो चरणमा छानिएका उत्कृष्ट पच्चीस कविताहरु मध्येवाट तोया भट्टको कविता छनौट भएको हो । यो छनौटका लागि साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो सो समितिले पुरस्कारका लागि कवि तोया भट्टको कविता छनौट गरेको हो ।
सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कार आगामी बैशाख १३ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । सोही दिन १ लाख राशिको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगितामा पुरस्कृत “जनतालाई रुवायो” गीतका सर्जक गोपालप्रसाद थपलिया र सो गीतका गायक एवं सङ्गीतकार शिशिर योगी तथा २ लाख राशिको “टंकप्रसाद – रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”का पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाललाई पनि पुरस्कार अर्पण गरिने भएको छ ।
०००
