१० कार्तिक २०८१,विर्तामोड
साहित्य चौतारी झापाले सो संस्थाका संस्थापक सल्लाहकार साहित्यकारद्वय कृष्ण धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरेको छ ।
साहित्य चौतारीका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरिएको हो ।
साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली लगायतले साहित्यकार द्वय कृष्ण धरावासी र मञ्जु बिमलीलाई पुष्पहार पहिर्याएर अभिनन्दन पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार धरावासीको व्यक्तित्वमाथि गणेश निरौलाले प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति “संस्मरण एक समीक्षा अनेक” को विमोचन समेत गरिएको थियो ।
