चौतारी

रामकुमार पण्डित क्षेत्री   हतारिंदै हिँडिरहेको युवकलाई देखेर कसैले सोध्यो: “कता हिँडेको ?” लम्कदालम्कदै भन्यो, “चौतारीमा ।” उसले आफ्नो गति अझै बढायो । अलिपर दोबाटो आयो । उसले मनमनै भन्यो, “जेष्ठ नागरिक हिँड्ने लामो बाटोभन्दा जति नै कठिन भएपनि छोटै बाटो जान्छु ।” छोटो बाटो कतै साँघुरो, कतै उकालो कतै ओरालो थियो । हिँड्दाहिँड्दै केहीमा […]

Continue Reading

दुई मुक्तक

भवानी क्षेत्री    १, मन   सबैको लागि  सुखको माना पाथी भरुँ लाग्छ मलाइ आइलागेका सारा दु:ख म आफै गरुँ लाग्छ मलाइ थाहा छैन कति बाँच्छन्? यो धरामा मानिस तर बाँचून्,बाँचोस् धरा साटोमा आफै मरुँ लाग्छ मलाइ   २, किसान   ठुलो अग्लो महलले आज मेरो भागको घाम खोसिदिएको कुरा कसलाई गुहारौं भनौं म किसानको […]

Continue Reading

ज्ञानु अधिकारीको “संवेदनाको समायोग”को बिमर्ष कार्यक्रम सम्पन्न

९ भदौ २०८०, काठमाडौं। निबन्धकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह “संवेदनाको समायोग” कृतिमाथि एक विमर्श कार्यक्रमको आयोजना गरियो । दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए। यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए। दोस्रो सत्र विमर्श-संवादमा वक्ताका […]

Continue Reading

“अन्तरक्रिया” शंकर भारतीको “अनुपम देवता”को

८ भदौ, २०८०, काठमाडौं । उपन्यास समाज नेपालको आयोजना उपन्यासकार शंकर भारतीको “अनुपम देवता” उपन्यासको तेस्रो सस्करणको “अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो । सो उपन्यासको पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको थियो । कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा “अनुपम […]

Continue Reading

साहित्यकार तुल्सी थापाको निधन

८ भदौ २०८०, चितवन मकवानपुर जन्मभूमि र कर्मभूमि भएका अग्रज साहित्यकार तुल्सी थापाको निधन ८ भदौ राती भएको छ । स्मृति हराउँदै गएका र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित थापाको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचार भैरहेको थियो । स्वर्गिय थापाको जन्म विसं २००२ साल असोज ३ गते भैंसे १ मकवानपुरमा जन्म भएको […]

Continue Reading

अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ

८ भदौ २०८०, हेटौंडा मकवानपुरका अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ भै चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचाररत रहनु भएको छ । । उनको स्मृति हराउँदै गएको र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित हुनु भएको र चिकित्सकले निमोनिया गढेको बताएको भनी साहित्यकार छवि अनित्यले सामाजिक सञ्जालमा लेखेका छन् । कथा, कविता तथा नाटकमा कलम […]

Continue Reading

अनेसास नवरत्न पुरस्कारका लागि चयन समिति गठन

२४ अगस्त २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ । अनेसासले एक बिज्षप्ति प्रकाशित गरी केन्द्रीय कार्यसमितिका सदस्य तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य […]

Continue Reading

तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान

७ भदौ २०८०, काठमाडौं राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल बाल साहित्य समाज र ह्युमानिज्म एण्ड जयपृथ्वीबहादुर फाउण्डेशनको सहकार्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित एक कार्यक्रममा बाल साहित्य समाजका पूर्व अध्यक्ष तथा बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरियो । सोही कार्यक्रममा चित्रकलातर्फको जयपृथ्वी बाल प्रतिभा […]

Continue Reading

निमुखा

दीपा एवाई,  हंगकंग   गर्मीको तातो बाफले भुईं छोड्दै गर्दा एक्कासी चिसो हावा क्रमशः र सर्वत्र दिशा  बहन्दै बग्दै थियो मानौं अब देशभरी हिउको सेताम्मे साम्राज्य जम्ने छ ।   चिसोले सड़क छाप र गरीव जनतालाई सदा कालको लागी ठाउँको ठाउँ बरफमा जमाई दिने छ र देखिनेछ पुतली सडक किनारमा कुनै मुर्तीकारले बनाएको सजीव मुर्ती झैं स्तब्ध र मौन जो बिक्रीमा प्रदर्शनीको लागी राखिएको हो ।   चिसोको दिन ढलेर रात पर्दै गर्दा मन्दिरहरुमा बल्ने आशाको दियोहरुमा अन्धकारको सन्नाटा बल्नेछ सुस्तरी बहेको हावा कहीं शितल निवास छेउ कुनामा ठोकिएछ भने पनि प्रतिध्वनि गुन्जने छैन किन भने त्यहाँ अन्धकारमय शून्यता व्याप्त  छ ।   चिसिएर समय कठाङ्ग्रिएपछि तिमी जति सुकै घामको गीत गाउ लाल झन्डा बोकेर नारा लगाउ वातावरण खल्बलिने गरी ढोल पीट शंखनाद गर या युध्द छेड सबै बेकार हुने छ किन भने तिमी नायक होईनौ ।   व्याप्त चिसो र अन्धकारको समयमा एक हूल पुजारी एक हूल जँड्याहा एक हूल बलात्कारी एक हूला चोर एक हूल डाँका एक हूल ज्यानमारा एक हूल पूँजीपति एक हूल दलाल जनताको आँखा छलेर सुटुक्क सिंहदबार पस्यो र  लेख्यौ “जसको शक्ति उसको भक्ति “-महान पुरुष ।   आज हिमाल उस्तै छ अटल पहाड उस्तै छ स्तब्ध केवल छैन त […]

Continue Reading