अमेरिकामा साहित्यकार सीता पाण्डेको एकल कविता वाचन हुने

१५ जनवरी , वाशिङ्गटन डिसी नेपाली साहित्यमा विगत चार दशक भन्दा बढी समयदेखि कविता, कथा, उपन्यास र निबन्ध-संस्मरण लगायतका विधामा योगदान दिँदै आउनु भएकी कवि सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम अमेरिकाको भर्जिनियास्थित थोमस जेफर्सन पुस्तकालयमा १ फरवरी २०२५ मा आयोजना गरिन लागेको छ । कवि सीता पाण्डे तीसको दशकदेखि साहित्यमा सकृय हुँदै आएकी छिन् […]

Continue Reading

अनेसास पुरस्कारहरूका लागि पुस्तक आह्वान

८ डिसेम्वर २०२४, वासिङ्गटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले समाजबाट बाट प्रदान गरिने विभिन्न पुरस्कारहरू हेतु पुस्तक दर्ता गर्ने सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, […]

Continue Reading

साझा प्रकाशनको पुस्तक प्रदर्शनी

१ असोज २०८१, काठमाडौं नेपालको एक पुरानो सहकारी संस्था “साझा प्रकाशन” ले नेपालीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा १५ दिने पुस्तक प्रदर्शनीको सुरु गरेको छ । १ असोजदेखि १५ असोजसम्म चल्ने पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट गरिएको साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललीतपुर तथा देशभरिका साझा […]

Continue Reading

काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

२८ भदौ २०८१, काठमाडौं नेपाल बालसाहित्य समाज, नेपाल प्रज्ञा-प्रतिष्ठान र रूम टु रीडको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ। आगामी असोजको ४ र ५ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने सो सम्मेलनमा नेपालसहित ११ देशका ३१ विदेशी सहभागीका साथै नेपालका बालसाहित्य स्रष्टा, चित्राङ्कनकर्ता, पुस्तकालयविद्, प्रकाशक, शिक्षक, बालबालिकासम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिसहित १५० भन्दा […]

Continue Reading

चकटी बहसमा “जीवनको अभिनन्दन”

२९ साउन २०८१, काठमाडौं बुकाहोलिक्स समूहले नियमित गर्ने गरेको चकटी बहसमा ज्ञानु पाण्डेको निबन्ध सङ्ग्रह “जीवनको अभिनन्दन” को चर्चा हुने भएको छ । आगामि शुक्रवार ३२ साउनका दिन मार्टिन चौतारीमा हुने सो बहसमा राजकुमार बानियाँ र प्रमोद प्रधानले बक्ताको रुपमा भाग लिनेछन् र लेखिका ज्ञानु पाण्डेले आफ्नो लेखकीय धारणा र बहसमा उठेका प्रश्नहरुको जवाफ दिनेछिन् […]

Continue Reading

युवा वर्ष मोती पुरस्कार सम्बन्धी सूचना

राष्ट्रिय युवा सेवा कोष केन्द्रीय कार्यलय काठमाडौंले जारी गरेको सूचना अनुसार २०८१ साल चैत मसान्तसम्म ४० बर्ष ननाघेका युवा साहित्यकारहरुले पुरस्कार हेतु आवेदन आव्हान गरेको छ । यो आवेदन दिने अन्तिम मिति २०८१ साउन ३२ रहेको छ ।  

Continue Reading

“जून ओर्लेको रात” को परिचर्चा कार्यक्रम हुने

२२ साउन २०८१, पोखरा पुछारसिटे अभियानको आयोजनामा निम्न मिति, स्थान र समयमा कवि सञ्जीव पौडेलको कविता सङ्ग्रह “जून ओर्लेको रात” को परिचर्चा कार्यक्रम हुने भएको छ । मितिः २६ साउन २०८१ (शनिवार) स्थानः दि भिलेज चिप्लेढुङगा, पोखरा समयः दिउँसो १ बजे ।

Continue Reading

साहित्य परिषद भूटानको सम्मेलन विण्डसरमा हुँदै

३१ जुलाई २०२४, वाशिंटन डिसी साहित्य परिषद भूटानको विण्डसर सम्मेलन- २०२४ क्यानाडाको विण्डसर ओन्टारियोमा आगामि १७ अगस्तमा सम्पन्न हुने भएको छ । ईशं १९९३ मा नेपालको वेलडाँगी शरणार्थी शिविरमा स्थापना भएको परिषदको संस्थापक अध्यक्ष गङ्गा लामिटारे हुन् र वर्तमान अध्यक्ष पनि उनै रहेका छन् । पुनर्वासपछिको परिषदको यो चौथो सम्मेलन हो । यस सम्मेलनका अवसरमा […]

Continue Reading

उदय निरौलाको कविता सङ्ग्रह “सुदूर गाउँबस्तीहरुमा” विमोचन हुँदै

१५ माघ २०८०, काठमाडौं कवि उदय निरौलाको ताजा कविता सङ्ग्रह “सुदूर गाउँबस्तीहरुमा” विमोचन हुन लागेको छ । गद्यमा पनि कलम चले पनि उनी कविता विधामै बढी परिचित छन् । बिमोचन कार्यक्रम निम्न मिति, स्थान र समयमा हुनेछ ; मितिः २० माघ २०८० शनिवार समयः १२:१५ बजे स्थानः ग्रिनलिफ फूड, पुतलीसडक

Continue Reading

आमा छोरीको नियात्रा कृति बिमोचन हुँदै

१५ माघ २०८०, काठमाडौं छन्द कविताको सशक्त हस्ताक्षर तथा नियात्राकार भवानी खतिवडा खतिवडा र उनकी छोरी आस्था भट्टराइका नियात्रा कृतिहरु एकैदिन एकसाथ विमोचन हुन लागेको छ । नियात्रा विधामा यो दृष्टान्त हुन सक्छ, यसअघि आमा छोरीको नियात्रा कृति सम्भवतः एकसाथ विमोचन भएको थिएन । साथै नियात्राकार भएको र पुस्तक प्रकाशित भएको पनि नयाँ दृष्टान्त हुन […]

Continue Reading