-त्रिविक्रम पाण्डे
असुरहरूको पूरै संहार हुन्छ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
कलियुगको पूरै अवसान हुन्छ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
पापको घडा भरिएको पोखिन्छ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
विभेद, अन्याय-अत्याचार मेटिन्छ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
अपराधीहरू सबै दण्डित हुन्छन् अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
कण-कणमा ओम उच्चारित हुनेछ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
सत्ययुगको आरम्भ हुनेछ फेरि अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
हरअशुभ शुभमा रुपान्तरित हुनेछ अब,
माता नवदुर्गा भवानी आएकी छिन्।
०००
