कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-तीन

गद्य विविध व्यक्ति बृत्त

इतिहासमा अनुदित पलहरू

उषा शेरचन, काठमाडौं

“आफूलाई संप्रेशीत गर्ने भावनाहरूको इमानदार अभिव्यक्ति कविता हुनेहुँदा यहाँ मैले त्यही सरलता र निष्कपटता पाएको छु ।”
प्रसिद्ध निबन्धकार एवं समालोचक अत्यन्तै आदरणीय अग्रज कृष्णचन्द्रसिंह प्रधान दाजुले मेरो कविता कृति ” सर्वकालीन पीडा र जागृतिको शङ्खघोष” बारे गर्नुभएको उहाँकै हस्ताक्षरमा रहेको यो समालोचना मेरालागि कुनै मन्दिर वा गुम्बाको प्रसाद भन्दा कम लाग्दैन । अब हामीले उहाँजस्तो मुर्धन्य निबन्धकार र सच्चा समालोचक कहाँ पाउनु ? कृष्णचन्द्रसिंह प्रधान दाजुलाई सत् सत् प्रणाम अनि हार्दिक श्रद्धा-सुमन !


मलाई बहिनी सम्झेर अत्यन्त स्नेह दिनुहुन्थ्यो । उबेला अहिलेस्तो बाक्लो कार्यक्रम हुने थिएन । गुञ्जनले आयोजना गर्ने कार्यक्रमहरूमा संस्थापक एवम् सक्रिय महासचिवको भूमिकामा रहँदा मेरो मोटर म स्वयंले हाँक्ने गर्थेँ । सवारी साधनको बाक्लो चाप नहुने र जतासुकै पार्किङ गर्ने पाउने भएकोले मोटर चलाउन पनि सजिलो थियो । त्यसैले ताहाचल स्थिति उहाँको निवासमा लिन जाने र पुर्याउन पनि जाने गर्थेँ म । उहाँले नेवाः समुदायले मनाउने संस्कृति मध्येको ‘जंकु’ अर्थात् ‘भीमरथारोहण’मा पनि बोलाउनु भएको थियो ! अहिले जीवित हुनुभएकोभए शतवार्षिक उत्सव मनाउन पाउने रहेछ ।
धेरै छन् सम्झनाहरू दाजुसँगका अब कहाँ?

०००

लेखिका परिचयः नालामुख, पोखरामा जन्मेकी उषा शेरचन, हाल काठमाडौंमा वसोवास गर्छिन् । विसं २०३५ सालमा गोरखापत्रमा “जिन्दगी” कविता प्रकाशनसँगै साहित्य यात्रामा होमिएकी तीसको दशककी समर्थ लेखिका हुन् । उनका नजन्मेका आस्थाहरू( कविता सङ्ग्रह-२०४८), अक्षरहरूको शिविरबाट (मुक्तक सङ्ग्रह-२०५६), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता सङ्ग्रह), तेश्रो रङ्ग(कथा सङ्ग्रह-२०७०), आदि (उपन्यास-२०७६), बेग्लै म(कथा सङ्ग्रह-२०८१), त्रासदीका हिमनदी (मुक्तक सङ्ग्रह-२०८२) कृतिहरू प्रकाशित छन् ।