- २३ भदौ २०८०, काठमाडौं
साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उपन्यास बारे प्राडा शैलेन्दुप्रकाश नेपाल र प्रा ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गरेका थिए ।
कार्यक्रममा लेखकले आफ्नो धारणा समेत राखेका थिए ।
कार्यक्रमको सञ्चालन त्रिभुवनचन्द्र वाग्लेले गरेका थिए ।
