२३ चैत २०८२, काठमाडौं ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०८२” “रजस्थल साहित्यिक पत्रिका”का सम्पादक विश्वप्रेम अधिकारीलाई समर्पण ग-यो । अधिकारीलाई नगद राशि २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कोषका अध्यक्ष पवन आलोक, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकारहरु विधान आचार्य, पुरस्कृत अधिकारी, तारा केसी, शंकर भारतीलगायतले मन्तव्य राखेका थिए ।
यो पुरस्कारले यसअघि ‘रचना’का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त, ‘जूही’का सम्पादक चूडामणि रेग्मी र ‘नवप्रज्ञापन’का सम्पादक नवराज रिजाललाई पुरस्कृत गरिसकिएको छ ।
०००
