मुख्य समाचार

१० असोज २०८२, काठमाडौं

साहित्यकार प्रमोद प्रधान लिखित “नेपाली यात्रासाहित्य कृतिकोश” नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ ।

नेपाली यात्रा लेखकका जनक गगनीराजको पहिलो कृति, विसं १९५९ सालमा प्रकाशित शिखरनाथ शर्मणाको “शिखरनाथ भाष्य” जसमा गद्यपद्य दुबै समावेश छ, ती लगायत विसं २०७९ पूर्वार्धसम्म प्रकाशित ७८० नियात्रामूलक कृतिहरूको यस कोषमा समावेश भएको लेखक प्रधानले विश्वपरिक्रमालाई बताए ।

तीसको दशकका साहित्यकारहरूमा सिर्जनात्मक लेखनबाहेक समालोचना, साहित्यको ईतिहास, कोषको निर्माण जस्ता ग्रन्थहरू तयार गर्ने उनी एक्ला व्यक्तित्व हुन् ।

उनका “नेपाली निबन्ध र अन्य सम्बद्ध विधाको इतिहास”, “नेपाली बाल वाङ्मय परिचय कोष २ भाग” निकै महत्वपूर्ण मानिन्छन् ।

उनले जगदम्वा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेलीमा “नेपाली बालसाहित्य” र पाचौं ठेलीमा “नेपाली निबन्ध र अन्य सम्बद्ध विधाको इतिहास” समेत लेखन गरेका छन् ।

नव प्रकाशित यस कोशमा कूल ५३६ (५२२ जोड १४) पृष्ठ सङ्ख्या रहेको छ ।

 

०००