कविडाँडा आख्यान पुरस्कार “हिउँको गीत” लाई

मुख्य समाचार

५ भाद्र २०८२, चितवन

वि.सं. २०८१ सालको कविडाँडा आख्यान पुरस्कार तीर्थ गुरुङ्गको “हिउँको गीत” लाई प्रदान गरिने निर्णय भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित प्रेस विजञप्ति अनुसार “आख्यानकार तीर्थ गुरुङको यस उपन्यासले जादूवी यथार्थवादको प्रयोग गरी, सम्मोहक आख्यनशिल्पका साथ नेपथ्यमा परेको गुरुङ समुदायको अविछिन्न सामाजिक–सांस्कृतिक प्रवाहलाई पाठकसामु ल्याएर ध्यान नपुगेको एउटा महत्त्वपूर्ण पक्षलाई उजागर गरेको मूल्याङ्कन गरिएको छ ।” भन्दै यो पुरस्कार प्रदान गरिने निर्णय भएको जनाइएको छ ।
यस पुरस्कारका लागि पहिलो विस्तारित सूचिमा १० कृतिहरू शैलेन्द्र अधिकारीको अर्हत् (उपन्यास), छुदेन काविमोकाे उरमाल (उपन्यास), रमेश क्षितिजकाे एउटा मायी नगरमा (कथासङ्ग्रह), जयराम तिमल्सिनाको धीमहि (उपन्यास), पंचम अधिकारीकाे प्रवासीको देश हुन्न (कथासङ्ग्रह), टंक चौलागाईंकाे रूदाने (उपन्यास), श्रीधर खनालको सावर्णि (उपन्यास) बसन्त बस्नेतको सिमसारा (उपन्यास), सरस्वती प्रतिक्षाको स्व (उपन्यास), र तीर्थ गुरुङको हिउँको गीत (उपन्यास) छनौट भएका थिए ।
त्यस्तै दोश्रो संक्षिप्त सूचिमा छुदेन काविमोको उरमाल (उपन्यास) ,पञ्चम अधिकारी प्रवासीको देश हुन्न (कथासङ्ग्रह) ,तीर्थ गुरुङको हिउँको गीत (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास) र श्रीधर खनालको सावर्णि (उपन्यास) रहेका थिए ।