१६ माघ २०८२, काठमाडौं
शब्दयात्रा प्रकाशनले हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दशवटा पुरस्कार समर्पण गरेको छ ।
समारोहमा “शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीलाई, शब्दयात्रा सकुल थापा देउडा पुरस्कार देउडा गायक नन्दकृष्ण जोशीलाई, शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्ललाई, शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार नियात्राकार रमेशमोहन अधिकारीलाई तथा शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार साहित्यकार दिल पौडेललाई समर्पण गरियो ।
पुरस्कृत सबैलाई उपहार, रकम, शब्दयात्रा पट्ट , रुद्राक्षमाला तथा अभिवन्दनापत्र समर्पण गरिएको थियो ।
यसै गरी शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार योगाचार्य योगिनी सरितानन्दीलाई, शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कारबाट उद्यमी गोविन्द शर्मालाई, शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कारबाट पत्रकार ज्ञानेन्द्रनाथ न्यौपानेलाई, शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कारबाट राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई, शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कारबाट नमुना बालगृह अनाथ आश्रमलाई पुरस्कृत गरियो । पुरस्कृत सबैलाई उपहार, रकम, शब्दयात्रा पट्ट, रुद्राक्षमाला तथा अभिवन्दनापत्रसमर्पण गरिएको थियो ।
यी पुरस्कार मध्ये एउटा दश हजार रुपियाँको थियो भने तीनवटा पन्ध्र–पन्ध्र हजार रुपियाँका र छवटा पच्चीस–पच्चीस हजार रुपियाँका थिए ।
०००
