२७ मंसिर २०८२, काठमाडौं
गुरु डा.चिन्तामणिनाथ योगीको २४ औँ कृति’चेतना यात्रा’ को लोकार्पण तथा अध्यात्म र साहित्य कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको खबर छ।
मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएको हो।
लोकार्पणपश्चात् प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.प्रेमनारायण अर्यालले गुरु डा.चिन्तामणिनाथ योगीसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउँदै गुरुलाई कलेजमा लगेर प्रवचन दिन लगाएको दिन हरूको स्मरण गरेका थिए।
लोकार्पित कृति चेतना यात्राका बारेमा समालोचकीय मन्तव्य राख्दै प्रा.डा.भागवत ढकालले गुरु डा.चिन्तामणिनाथ योगी को ६२ वर्षको जीवन यात्राको गद्य रचना भएको बताए।
कार्यक्रममा पूर्व प्रशाशक अम्बिका केसी,प्रा.डा.लक्ष्मण प्रसाद गौतम,संरक्षक पवन आलोक तथा केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए।
आफ्नो लेखकीय मन्तव्यमा डा.योगीले आफूलाई मातृभूमि सेवक संघको सदस्य भएको बताउँदै स्वान्त सुखायका लागि लेख्ने गरेको बताए।आफू अझै पनि दीक्षान्तमा रहेको र यो चेतना यात्रा प्रकृति यात्रा हो।२४ भनेको प्रकृति हो।२४ तत्व भएको यो पुरुष यात्रा आजबाट शुरु भएको छ यो यात्रीलाई माया र आशीर्वाद दिन आग्रह गरेका थिए।
सभापतिको आसनबाट बोल्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले नेपाली साहित्यमा अध्यात्म साहित्यको कमी रहेको र यो चुनौतीपूर्ण लेखन हो भनेर बताए। अध्यात्म र साहित्यलाई माध्यम बनाएर कार्यक्रम गर्न चाहेको बताउँदै श्रेष्ठले गुरुबाट विस्तृतमा प्रवचन सुन्न इच्छुक रहेको समेत बताएका थिए।
कार्यक्रममा शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण डा.शान्तिमाया गिरीले गरेकी थिइन्।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया, काठमाडौंको सहयोगमा)
