मनप्रसाद सुब्बा र मुक्ति उपाध्याय पुरस्कृत

मुख्य समाचार

२७ दिसम्बर २०२५ , सिलगढी

सिलगढी देवकोटा संघले निकै वर्षदेखि देखि गिरी जयन्ती पालन गर्दै आइरहेको छ।
सोही क्रममा ९८ औं गिरी जयन्ती पालन अवसरमा देवकोटा साहित्य सेवा पुरस्कार २०२५ कवि मनप्रसाद सुब्बलाई र गिरी साहित्य सेवा पुरस्कार २०२५ आख्यानकार मुक्तिप्रसाद उपाध्यायलाई देवकोटा संघ भवनमा भव्य कार्यक्रम सहित प्रदान गरियो।
कार्यक्रमका सभापति देवकोटा संधका अध्यक्ष मिलन रुचाल थिए भने प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई थिए ।
सो कार्यक्रमको सञ्चालन संघका सचिव श्याम प्रधानले गरेका थिए।
त्यही अवसरमा मुक्तिप्रसाद उपाध्यायद्वारा लिखित र देवकोटा संघद्वारा प्रकाशित शोधमूलक पुस्तक “जातीय कवि अगमसिंह गिरी”को विमोचन गरियो।
कार्यक्रममा नेपाल तथा भारतका सिक्किम, खर्सांग, दार्जीलिंग सिलगढीका विशिष्ट साहित्यिक प्रतिभाहरूको उपस्थिति रहेको थियो ।

०००