१८ जुलाई २०२५, वाशिङ्टन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले प्रदान गर्ने विभिन्न ११ पुरस्कारहरूको घोषणा भएको छ । अनेसास पुरस्कार समितिका संयोजक तीर्थ पाण्डेले भानु जयन्ती तथा अनेसास पुरस्कार घोषणाका लागि आयोजित जूम मिटिङमा पुरस्कारको घोषणा गरेका हुन् ।
घोषणा अनुसार दुई हजार एक सय डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार सन्त्रासका साठी दिन उपन्यासका लागि रोशन थापा निरव(नेपाल), एक हजार डलरको अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट पुरस्कार उपन्यास स्वप्नभूमिका लागि डा. तुलसी आचार्य (अमेरिका),हजार डलरको अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध, नियात्रा, संस्मरण पुरस्कार निबन्ध सङ्ग्रह प्रश्नहरू त बाँकी नै रहन्छन् का लागि मोमिला(नेपाल),हजार डलरको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार सास्कृतिक अध्ययन का लागि डा. दुर्गा बहादुर घर्ती (नेपाल), हजार डलरको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा) बग्दाबग्दै कविता सङ्ग्रहका लागि जगन्नाथ पौडेल (अमेरिका), हजार डलरको अनेसास राष्टरकवि सर्वोत्कृष्ट काव्य पुरस्कार पसीनाको क्यानभास कविता सङ्ग्रहका लागि कृसु क्षेत्री (नेपाल), हजार डलरको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार पार्श्वधून कथा सङ्ग्रहका लागि कृष्ण कुसुम (अमेरिका), हजार डलरको अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार बोरा उपन्यास का लागि अखण्ड भण्डारी (नेपाल), पाँचसय डलरको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत, गजल पुरस्कार धर्तीको ध्वनि गीत सङ्ग्रहका लागि लक्ष्मण सिटौला(नेपाल), पाँचसय डलरको अनेसास शिव लामिछाने सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार विमला निरौला (अमेरिका) तथा एक हजार पाँच सय डलरको अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार रुकुमका लोककथा का लागि शशीराम कार्की (नेपाल) पुरस्कृत हुनेछन् ।
यी ११ पुरस्कारहरू मध्ये सात पुरस्कार नेपालका नेपाली साहित्यकारहरूको पोल्टामा परेको छ भने चार पुरस्कार अमेरिकाका नेपालीी साहित्यकारहरुको पोल्टामा परेको छ ।
प्रारम्भमा अनेसास सर्वोत्कृष्ट पुरस्कार र नेपालका बिभिन्न अञ्चलहरुको नाममा पुरस्कार स्थापना गरिएको थियो तर पछि पुरस्कारको स्वरूप र रकम बृद्धि गरेर न्यूनतम पाँच सय डलर र सर्वोत्कृष्ट पुस्तक पुरस्कार सर्वाधिक राशी दुइ हजार एकसय डलरको रहेको छ ।
