२१ असार २०८२, काठमाडौं
नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको संस्मरण कृति’सुनेको शासन भोगेको प्रशाशन’ एक कार्यक्रमका बीच सम्माननीय प्रधान न्यायाधीश प्रकाशमानसिंह राजपूतले लोकार्पण गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजपुतले बधाई दिदैँ यो सुकर्म प्रशंसनीय रहेको बताउँदै पूर्व न्यायाधीश गणेशराज शर्मा र साहित्यकार मदनमणि दीक्षित बीच भएको वार्तालापको स्मरण गर्दै प्रधान न्यायाधीशले पुस्तक पढ्न सजिलो हुन्छ तर त्यसभित्रको भाव बुझ्न गाह्रो हुन्छ अनि पुस्तक लेख्न त झन गाह्रो हुने चर्चा गरे ।
कार्यक्रममा पूर्व सचिव श्याम प्रसाद मैनाली तथा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले कृतिकार उमेशप्रसाद मैनालीको व्यक्तित्व तथा कार्यशैली र अनुभवबारे प्रकाश पार्दै आफ्ना शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव ईला मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रकाशकका तर्फबाट बोल्दै बुकहिल पब्लिकेसन्सका अध्यक्ष भूपेन्द्र खड्काले एघार वर्षदेखि प्रकाशन कार्यमा समर्पित बुकहिलले विविध विधाका पुस्तकहरू प्रकाशन गर्दै आएको सन्दर्भमा प्रशासन सम्बन्धी यो पुस्तकको प्रकाशन प्रशासन क्षेत्रमा एक ऐतिहासिक पुस्तक हुने बताए ।
सो कार्यक्रमको सञ्चालन समा थापाले गरेकी थिइन् ।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
