पवन आलोक नियात्रा पुरस्कार “ग्वंगचुलीको हिउँ”लाई प्रदान गरिने

मुख्य समाचार

१४ पुस २०८१, काठमाडौं

बि.सं. २०८० को ‘पवन आलोक नियात्रा पुरस्कार’ नियात्राकार तेजप्रकाश श्रेष्ठद्वारा लिखित “ग्वंगचुलीको हिउँ” नामको नियात्रा कृतिलाई २०८० सालको सर्वोत्कृष्ट नियात्रा कृति ठहर गर्दै सो पुरस्कार प्रदान गर्ने निरणय भएको छ ।
२५ हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिने सो पुरस्कार कृति मूल्याङ्कन उपसमितिले गरेको अन्तिम सिफारिसअनुसार निर्णय गरिएको कोष संस्थापक पवन आलोक, नियात्रा विज्ञ श्रीओम श्रेष्ठ रोदन तथा संयोजक प्रतीक ढकाल हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति अनुसार सो पुरस्कार श्रीपञ्चमीका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।

 

Leave a Reply