दुई मुक्तक

कविता

भवानी क्षेत्री 

 

१, मन

 

सबैको लागि  सुखको माना पाथी भरुँ लाग्छ मलाइ

आइलागेका सारा दु:ख म आफै गरुँ लाग्छ मलाइ

थाहा छैन कति बाँच्छन्? यो धरामा मानिस तर

बाँचून्,बाँचोस् धरा साटोमा आफै मरुँ लाग्छ मलाइ

 

२, किसान

 

ठुलो अग्लो महलले आज मेरो भागको घाम खोसिदिएको कुरा

कसलाई गुहारौं भनौं म किसानको काम खोसिदिएको कुरा

हावा पानी घाम नै मेरो जीवनको उर्जा स्रोतहरु थिए महोदय

कहाँ भनौं यी सबै छेकेर मबाट मेरो माम खोसिदिएको कुरा

000

कवयित्री परिचयः भवानी क्षेत्री ( कार्की) को साहित्यिक नाम भवानी क्षेत्री हो । भोजपुर,टक्सार,(खिकामाछा)मा जन्मेकी उनी हाल झापा बस्छिन् । विसं २०४७ सालमा दृष्टि साप्ताहिकमा कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा लागेकी उनका “सुनामी” (२०५६), “ढुङ्गा,माटो र म “( २०७९) कविता सङ्ग्रह,”उजेलीहरु”(कथासंङग्रह) २०६०, “आमाहरु” (निवन्ध संग्रह) २०६८ प्रकाशित छन् ।

Leave a Reply