विश्वपरिक्रमा डेस्क
२७ सेप्टेम्वर, वाशिंटन डिसी
अमेरिकाका औषधी निर्माता कम्पनी मोडर्नाका प्रमुख कार्यकारी स्टेफेन वान्सेलले कोभिड-१९ महामारीबाट १२ देखि १८ महिनासम्ममा जनजीवन सामान्य हुने वताएका छन् । कोभिडको खोपले यो रोगबाट जनजीवन सामान्य बनाउने उनको मत रहेको छ । तर उनी भन्छन्, ” भाइरस भने यो ब्रम्हाण्डवाट हराउने छैन । यो सधैं रहनेछ ।”
वान्सेलका अनुसार यो कोभिड फ्लू जस्तै सामान्य हुनेछ । गत ६ महिनामा जुन हिसावले खोपको उत्पादन भैरहेको छ त्यस अनुसार आगामि बर्षको मध्यसम्ममा विश्वका सवैलाई खोप उपलब्ध हुने उनको मूल्याङ्कन छ ।
वाशिंटन पोष्टका अनुसार धनी राष्ट्रका ८० प्रतिशत मानिसहरुले कम्तीमा एक खोप लगाइसकेका छन् भने गरीव देशका २० प्रतिशतले खोप लगाएका छन् ।
